Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने



nepaltelecom

काठमाडौँ । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो ।

टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार २०१७ जनवरी १ (१७ पुस २०७३) देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ ।

अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ ।

टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा