Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo



विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

८ कात्तिक, विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आइतबार सम्पन्न भएको छ ।

घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आपूmखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग गरिएको छ ।

ज्येष्ठ नागरिकका लागि बनेको नागरिक ऐन, २०६३ र बनेको नियमावली, २०६५ आवश्यक संयन्त्र बनाई यथाशीघ्र लागू गरिनुपर्ने, संवैधानिक हैसियतको ज्येष्ठ नागरिक आयोग गठन हुनुपर्ने, सार्वजनिक साधनमा सिट आरक्षित र ५० प्रतिशत भाडामा छुट र स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
यस्तै, ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री अनिवार्य गर्नुपर्ने, प्रत्येक प्रदेशमा एउटा÷एउटा ज्येष्ठ नागरिक ग्रामको व्यवस्था, बिमाको व्यवस्था, प्रत्येक सरकारी अस्पतालमा कम्तीमा १० शय्याको ज्येष्ठ नागरिक वार्डको व्यवस्थाको माग गरिएको छ ।

यसका साथै, राजनीतिक दलहरुले ज्येष्ठ नागरिक विभाग गठन गर्नुपर्ने, स्थानीय निकायले सार्वजनिक स्थलमा ज्येष्ठ नागरिक सेवाकक्ष राख्नुपर्ने, मासिक भत्ता वितरणलाई अझ सहज बनाउनुपर्ने र प्रत्येक वर्ष १ अक्टोबरमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउनुपर्ने विषयमा घोषणापत्रले जोड दिएको छ ।

सो अवसरमा ज्येष्ठ नागरिक महोत्सवका संयोजक एवम् सांसद भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकका लागि बनाइएका ऐनहरु कार्यान्वयनमा नआएकाले यस विषयमा सवैले गम्भीर हुनुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले महोत्सवमा प्रदेश नं १ का तीनहजार सातजना ज्येष्ठ नागरिक सहभागी भएको र यसका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले आ–आफ्नो जिम्मेवारी लिएर व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।

सो अवसरमा महोत्सवका सचिव जीवन घिमिरेले ज्येष्ठ नागरिकको भोजनको व्यवस्था गोल्छा अर्गनाइजेसन, आवासको व्यवस्था उद्योग सङ्गठन र टोपीको व्यवस्था सहकारीले गरेको जानकारी गराउनुभयो । त्यस्तै, सङ्खुवासभाका धनबहादुर खड्का र मदन तामाङले रु दुई लाख ३१ हजार मूल्य बराबरको रुद्राक्ष ज्येष्ठ नागरिकबीच वितरण गर्नुभएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ