Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा बसेर अबैध हतियार कारोबार गर्ने भारतीय नागरिक पक्राउ



८ कात्तिक, लहान । नेपालभित्र अवैधरुपमा हातहतियारको कारोवार गर्नुका साथै सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

हातहतियार कारोवार गरेको भन्दै लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत निवासी ४५ वर्षीय राजदेव यादवलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी–१ बाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका यादव विगतदेखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको तथा नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम