back
CTIZAN AD

भियतनामका लागि अवैतनिक वाणिज्यदूतमा डा श्रेष्ठ

वि.सं.२०७३ कात्तिक ८ सोमवार

963 

shares

८ कात्तिक, काठमाडौँ । नेपालका लागि भियतनामको अवैतनिक वाणिज्यदूतमा डा राजेश काजी श्रेष्ठलाई आइतबार नियुक्त गरिएको छ ।

उक्त अवसरमा नेपालका लागि भियतनामका राजदूत तोन सिन्ह थान्होले एक कार्यक्रमकाबीच लाजिम्पाटस्थित वाणिज्यदूतको कार्यालयको उदघाटन गर्नुभयो । सो कार्यालय स्थापनाले नेपाल र भियतनामकाबीच व्यापार, लगानी र पर्यटन उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने राजदूत थान्होले बताउनुभयो । उहाँले नेपाल र भियतनामकाबीच सांस्कृतिक एकता रहको बताउँदै भियतनामका बुद्ध धर्मावलम्बीलाई नेपालमा पर्यटकका रुपमा भित्र्याएर नेपालले आर्थिक फाइदा लिन सक्ने बताउनुभयो ।

यस्तै वाणिज्यदूत डा श्रेष्ठले नेपाल र भियतनामकाबीच आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पुलको भूमिका निर्वाह गर्ने बताउनुभयो । दुवै देशले धार्मिक पर्यटनको माध्यमबाट प्रशस्त फाइदा लिनसक्ने उहाँको भनाइ थियो ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:१३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...