back

चैतमा निर्वाचन नभए मुलुक सङ्कटमा पर्छः अध्यक्ष गच्छादार

वि.सं.२०७३ कात्तिक ८ सोमवार

666 

shares

bijaya-gachhadar

८ कात्तिक, भीमदत्तनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छादारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताउनुभएको छ ।

कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा आइतबार पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताउनुभयो । सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छादारले तीनै ठूला दलका कारण मुलुकको अवस्था बिग्रिदै गइरहेको आरोप लगाउनुभयो ।

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उहाँले संविधान कार्यान्यवनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राख्नुभयो । “हाम्रो संविधान विश्वकै उत्कृष्ट छ,” उहाँले भन्नुभयो । आमसभामा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरी, सांसदहरु जनक चौधरी र योगेन्द्र चौधरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:१७ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...