back
CTIZAN AD

डेँगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोए’ विशेषज्ञ टोली परिचालन

वि.सं.२०७३ कात्तिक ८ सोमवार

924 

shares

dengu८ कात्तिक, काठमाडाँै । स्वास्थ्य मन्त्रालयले तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोग नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन गरेको छ ।

मन्त्रालयले डेँगुबाट बढी प्रभावित चितवन र झापामा विशेष अभियान ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान चलाएको हो । तीनदिन अघिदेखि जारी अभियानलाई आइतबार देखि दमकमा पनि विस्तार गरिएको छ ।

डेँगुको सङ्क्रमण भएका र हुनसक्ने तराईका जिल्लामा विशेष सतर्कताका साथ नियन्त्रणको अभियान चलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यसअघि डेँगु नियन्त्रणका लागि विशेष अभियान चलाउन मातहतका महाशाखालाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभएको थियो । हालसम्म डेँगुका ३४ बिरामी देखिएको झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर विसीको टोली सोमबार बिहान पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा आचार्यले बताउनुभयो ।

उहाँका अनुसार दमकमा डेँगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोलीका साथ आवश्यक कीटसमेत उपलब्ध गराइएको छ । मन्त्रालयले प्रभावित १६ जिल्लामा सञ्चार माध्यमबाट चेतनामूलक सूचनासमेत प्रसारण गरिरहेको छ । डेँगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:१९ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...