Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

डेँगु नियन्त्रणका लागि ‘सर्च एन्ड डिस्ट्रोए’ विशेषज्ञ टोली परिचालन



dengu८ कात्तिक, काठमाडाँै । स्वास्थ्य मन्त्रालयले तराईका विभिन्न जिल्लामा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने डेँगु रोग नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन गरेको छ ।

मन्त्रालयले डेँगुबाट बढी प्रभावित चितवन र झापामा विशेष अभियान ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान चलाएको हो । तीनदिन अघिदेखि जारी अभियानलाई आइतबार देखि दमकमा पनि विस्तार गरिएको छ ।

डेँगुको सङ्क्रमण भएका र हुनसक्ने तराईका जिल्लामा विशेष सतर्कताका साथ नियन्त्रणको अभियान चलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले यसअघि डेँगु नियन्त्रणका लागि विशेष अभियान चलाउन मातहतका महाशाखालाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिनुभएको थियो । हालसम्म डेँगुका ३४ बिरामी देखिएको झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर विसीको टोली सोमबार बिहान पुगी अभियान सुरु गर्ने महाशाखाका निर्देशक डा आचार्यले बताउनुभयो ।

उहाँका अनुसार दमकमा डेँगु परीक्षणका लागि मन्त्रालयबाट खटाइएको टोलीका साथ आवश्यक कीटसमेत उपलब्ध गराइएको छ । मन्त्रालयले प्रभावित १६ जिल्लामा सञ्चार माध्यमबाट चेतनामूलक सूचनासमेत प्रसारण गरिरहेको छ । डेँगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण नै एकमात्र उपाय भएकाले त्यसको लागि आवश्यक सतर्कता अपनाउन मन्त्रालयले सबैमा आह्वान समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले