Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

निगमको साख गिराउने पदाधिकारीलाई कारबाही गर्न निर्देशन



८ कात्तिक, काठमाडौँ । व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको साख गिराउने कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई छानबिन गरी कानुनी कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले निगमलाई ठूलो घाटा लागेको सन्दर्भमा निजी वायु सेवा कम्पनीसँग मिलेमतो गरी निगमको साख गिराउने कार्यमा संलग्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र निगमका पदाधिकारीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो ।

वायु सेवा कम्पनीले तोकिएको समयमा उडान नगर्ने तथा अन्तिम समयमा उडान रद्द गर्ने प्रवृत्ति बढ्दै गइरहेको सन्दर्भमा उक्त समस्या समाधान गर्नुको साटो मिलेमतोमा ढिलो उडान गर्ने तथा उडान रद्द गर्ने गरेको भन्दै समितिले संलग्न पदाधिकारीलाई अविलम्ब कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति प्रभु शाहले बताउनुभयो ।

समितिले नेपालका प्रत्येक एयरपोर्टमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनिवार्य एक्स–रे मेसिन तथा सिसी क्यामरा जडान गर्र्नुका साथै वाइफाईको सुविधा एवम् यात्रु कक्ष बाहिर यात्रु पु¥याउने सहयोगीलाई बस्ने कुर्सीसहित आवश्यक स्थानको व्यवस्था साथै सरसफाइको समेत व्यवस्था गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

निगमको उडान नियमित हुन नसकेका सन्दर्भमा निगमलाई पर्याप्त मात्रामा खाली ठाउँ राख्न, आवश्यक पाइलट तथा अन्य उडान कर्मचारीको व्यवस्था गर्न, निगमको दीर्घकालीन व्यावसायिक कार्ययोजना तयार गरी सोहीअनुसार जहाज खरिद गर्ने प्रक्रियालाई द्रूतमार्गबाट अगाडि बढाउन पनि निर्देशन दिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डडनमन्त्री जीवनबहादुर शाहीले निगमले नियमित रुपमा हवाई सेवा सञ्चालन सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

निगमको सेवाबारे बैठकका सदस्य सांसदले जवाफ माग गरेपछि मन्त्रालयका निमित्त सचिव शङ्करप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र क्यानका महाप्रबन्धक सञ्जीव गौतमले स्पष्ट पार्नुभएको थियो ।


-->

उर्मिला कोइराला, भक्तपुर जन्मिएको मझेरी तपतप तेलसँगै घामको पहिलोदेखि अन्तिम किरणसम्म सुस्ताएको पिँढी ताते

डा. देवी पन्थी झरीमा नभिज्नू चिसो याममा सिरानी भिजाउँछु सधैं रातमा । छुँदै छुन्न

सीता शर्मा ’शीत’, सिक्किम म जस्तै तिमी तड्पिएर नबस्नू कसैलाई धड्कन दिएर नबस्नू डुबी

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा १. बुहारी : तीज पर्व आएको सम्झना आइदिन्छ त्यो दिन

प्रा.डा. लेखप्रसाद निरौला बुढानीलकण्ठ, काठमाडौँ १. शरद् सौन्दर्य कठ्याङ्ग्रिदो मौसम व्यस्त जीवन । २.