back
CTIZAN AD

अनुशन्धानमा चित्त नबुझेको भन्दै परिवारले शब बुझ्न मानेन्

वि.सं.२०७५ मंसिर १६ आइतवार

792 

shares

१६ मंसिर, घोराही । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन ।

बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो । व्यवसायी मगरको हत्या अभियोगमा रोल्पा तालावाङ घर भई हाल घोराही– १३ बासबोटमा घर बनाउँदै गरेका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको प्रकृति हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।
अनुसन्धानको दायरा बढाएर पीडितलाई आश्वस्त पार्नुपर्ने र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने मृतककी श्रीमती सुमित्राले माग गरेकी छन् । अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ ।

हत्याको कारण रकम लेनदेनको विषय मात्रै नहुन सक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गर्दै आएका छन् । अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटालाई पनि अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकासँग सोधपुछसँगै टेलिफोनको कल डिटेलमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजीकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका मगरको बिहीबार बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो । उनको शव

वि.सं.२०७५ मंसिर १६ आइतवार ०८:३९ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...