Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने



८ कात्तिक,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले महाअभियोग प्रस्तावमाथि मतदान हुँदा त्यसको समर्थनमा मतदान गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको सो पार्टीले जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माका अनुसार बैठकले देश सङ्घीयतामा गइसकेको अवस्थामा पार्टी विधानलाई संशोधन गरी सङ्घीय संरचनामा परिमार्जन गर्ने निर्णय समेत गरेको छ ।

पार्टीको साङ्गठनिक संरचना वडा, गाउँ नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरी पाँच तहमा रहनेछ । नयाँ विधानअन्तर्गत पार्टीका धेरै अधिकारलाई केन्द्रबाट प्रादेशिक स्तरमा स्थानान्तरण गरेको छ भने पार्टीका प्रत्येक निकाय समावेशी चरित्रका हुनेछन् ।

त्यसैगरी बैठकले संविधानमा आवश्यक संशोधन गरी समयमै चुनावको वातावरण बनाउन माग गर्दै भूकम्पपीडितलाई यथाशीघ्र राहत र आवासको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।