back
CTIZAN AD

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.2K 

shares

८ कात्तिक,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले महाअभियोग प्रस्तावमाथि मतदान हुँदा त्यसको समर्थनमा मतदान गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावको समर्थनमा मतदान गर्न पार्टीका सांसदलाई निर्देशनसमेत दिएको सो पार्टीले जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माका अनुसार बैठकले देश सङ्घीयतामा गइसकेको अवस्थामा पार्टी विधानलाई संशोधन गरी सङ्घीय संरचनामा परिमार्जन गर्ने निर्णय समेत गरेको छ ।

पार्टीको साङ्गठनिक संरचना वडा, गाउँ नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा गरी पाँच तहमा रहनेछ । नयाँ विधानअन्तर्गत पार्टीका धेरै अधिकारलाई केन्द्रबाट प्रादेशिक स्तरमा स्थानान्तरण गरेको छ भने पार्टीका प्रत्येक निकाय समावेशी चरित्रका हुनेछन् ।

त्यसैगरी बैठकले संविधानमा आवश्यक संशोधन गरी समयमै चुनावको वातावरण बनाउन माग गर्दै भूकम्पपीडितलाई यथाशीघ्र राहत र आवासको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०७:०४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...