back
CTIZAN AD

नवौं निःशुल्क आँखा शिविर भव्य रुपमा सम्पन्न

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.2K 

shares

dscf8393

८ कात्तिक, शनिश्चरे । मोरङ सुनसरी सेवा समाज नेपालले अन्धो निवारण अभियान अन्तर्गतको नवौं निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
श्निबार मोरङको सिजुला शनिश्चरेस्थित सिद्धकाली माविको प्रङ्गणमा भएको शिविरबाट ३ सयभन्दा बढी आँखाका रोगीहरुको चेकचाँच सहित औषधि विरतण गरिएको छ । सो शिविरबाट मोतियाविन्दु देखा परेका ४० जनाको निःशुल्क शल्यक्रियाको लागि विराटनगरस्थित गोल्छा आँखा अस्पताल प्रतिष्ठान लगिएको छ । ‘मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूलमन्त्रका साथ स्थापित मोरङसुनसरी सेवा समाजको सामाजिक अभियान अन्तर्गत अन्धोपन निवारणमा सक्रियता पूर्वक लाग्दै आएको छ। आँखा शिविर सञ्चालन गरेर गाउँ गाउँका गरिब, असहायहरुको आँखामा ज्योति भर्दै उज्यालो दिन समर्पित मोसु नेपालले आयोजना गरेको सिजुवा शनिश्चरे आँखा शिविर औपचारिक कार्यक्रममार्फत नै गरेको थियो ।
उद्घाटन गर्दै बयोबृद्ध ९७ वर्षीया खातुन, ९० वर्षीया मानबहादुर थापा, ८८ वर्षीया पदम प्रसाद रेग्मी, ८४ वर्षीया सावित्रा थोप्रा, ८३ वर्षीया रामबहादुर खड्का, माया ढुंगेल र ८० वर्षीया रामलाल दाहालको आँखा चेकजाँचबाट उद्घाटन गरिएको थियो ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तथा आँखा शिविर संयोजक रामनाथ भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने द्वितीय उपाध्यक्ष श्रीमति उर्मीला कार्की बस्नेत, मोसु कतार पूर्व अध्यक्ष अग्नि रिजाल, स्थानीय संघसंस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरुमा सिद्धकाली मावि प्राधानाध्यापक घनश्याम तिम्सिना, सिजुवा शनिश्चरे बजार व्यवस्थापन समिति अध्यक्ष कालिबहादुर थोप्रा, पूर्व सिजुवा गाविस अध्यक्ष गञ्जबहादुर राई, सामाजिक अगुवाहरु कुमार प्रसाई, मेघद्विप पोखरेल, देवीप्रसाद देवान, नरपति काफ्ले, टेकबहादुर चौहान रहेका थिए । मोसु बहराईनका प्रथम उपाध्यक्ष हरिकुमार श्रेष्ठ, सचिव राजुप्रसाद भट्टराई, सहसचिव राजन निरौला, सल्लाहकार सन्तोष दाहाल, कोषाध्यक्ष दिने गौतम, सहकोषाध्यक्ष राज खड्काको आतिथ्यता रहेको थियो । यसैगरी मोसु कुवेतको तर्फबाट अध्यक्ष अरुण लिम्बु, सचिव उमेश फुँयाल, प्रचार प्रसार विभाग प्रमुख सञ्जु राई, सदस्यहरु दिपक दर्नाल, आनन्द बोसाक, संस्थापक उपाध्यक्ष भक्ति सिवाकोटी, संस्थापक सचिव इन्द्रबहादुर चौहान, समाजसेवी बहराईन ईश्वरी प्रसाद दाहाल रहेका थिए ।
यस्तै सो ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लि. इटहरी, न्यु भिजन नेपाल इटहरीका प्रतिनिधि, गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरबाट खटिएको आँखा अप्रेसन प्रमुख सिपी आचार्य र प्रशासन प्रमुख सागर पोखरेलको आतिथ्यता रहेको सो कार्यक्रममा पूर्व गाविस अध्यक्ष राई, अप्रेसन प्रमुख आचार्य र संस्थाका अध्यक्ष बिमलीले आँखा शिविरको बारेमा प्रष्ट पारेका थिए । मोसु केन्द्रीय महासचिव खगेन्द्र कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा मोसु नेपालको तर्फबाट शेरबहादुर कार्की, श्रीराम निरौला, जिवन घिमिरे, प्रकाश गिरी, टंकमान तामाङ, योगनारायण सिग्दारलगायत बिहानै २ सय बढी आँखाका रोगी तथा स्थानीयबासी, पत्रकार पुन्य प्रसाद अधिकारी, प्रकाश खतिवडाको उपस्थिति रहेको थियो ।
सो निःशुल्क आँखा शिविरलाई रामलाल गोल्छा आँखा अस्पताल, प्रतिष्ठान विराटनगर, तिलगंगा आँखा अस्पताल काठमाडौं र फ्रेड ह्याल्लोजको सहयोगको आयोजना हुँदै आएको छ । सिजुवा आँखा शिविरलाई मोरङसुनसरी सेवा समाज बहराईन र वेलफेयर फर सोसाइटी बहराईनले विशेष सहयोग तथा कार्यक्रम व्यवस्थापनमा अमूल्य योगदान पु¥याएको छ । सो कार्यक्रमलाई आयोजना स्थल सिद्धकाली मावि, बजार व्यवस्थापन समिति, ट्रेड भिजन इन्भेष्टमेन्ट प्राली इटहरी, न्यु भिजन नेपाल इटहरी सहयोगी संस्था रहेका थिए ।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, तिलगंगा आँखा अस्पताल काठमाडौं र फ्रेड ह्याल्लोसको सहयोगको मोरङ सुनसरी सेवा समाज नेपालबाट नवौं आँखा शिविर सम्पन्न भईसकेको छ । जसमा १) बक्लौरी, २) हसन्दह ३) केराबारी ४) चतरा ५) लेटाङ ६) देविझोडा ७) ललिपुर, इटहरी ८) मानपुर ९) सिजुवा शनिश्चरेमा आँखा शिविर सञ्चालन भईसकेको छ । जसबाट झण्डै ३ हजार आँखाका रोगीहरु लाभान्वित भएका छन् भने करिब ३ सयको मोतियाविन्दु निःशुल्क शल्यक्रिया भईसकेको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०८:३४ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...