back
CTIZAN AD

एएनएस दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.2K 

shares

ans-8

 वाशिंगटन डिसी । डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ ।

हरेक बर्ष लामो समय देखि मनाउदै आएको उक्त कार्यक्रम यस बर्ष अझ बिशेष कार्यक्रमको साथ मनाईएको छ । नेपालका लागि अमेरिकन पूर्व स्व राजदुत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिका नेपाल सोसाइटी बंकर भिषण भियतनाम युद्धमा भियतनाम को लागि राजदुत भएको अमेरिका को राजधानी वाशिंटन डीसीमा यो संस्था स्थापना भएको हो ि१९६७ मा स्थापना भएको यो संस्था अर्को बर्ष ५० बर्षमा पुग्दै छ ।

वाशिंगटन डीसी स्थित नेपाली राजदुताबास तथा अमेरिका नेपाल सोसाइटीको सयुक्त आयोजनामा यस बर्षको एक मुष्ठ चाडपर्वहरु दशैं ,तिहार ,छठ तथा नेपाल सम्बत लाई समेट्दै शुभकामना समारोह सफलता पूर्वक सम्पन्न भएको छ ।ans-2

औपचारिक कार्यक्रम ,सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम साथ सम्पन्न भएको उक्त शुभकामना कार्यक्रममा डीसी महानगर क्षेत्र वरपरका बिदेशी अतिथिहरुले समेत शुभकामना दिएका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले शुभकामना मन्तब्यको साथ सम्मानित हुनेहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति जीवन तिवारीले गरेका थिए ।

बिगत बर्ष भन्दा यस पटक ज्यादा सांस्कृतिक कार्यकमलाई ज्यादा प्राथमिकता को साथ प्रस्तुति गरिएको थियो भने अमेरिकामा जन्मेका दोश्रा पुस्ताका बालबालिकाले नेपाली राष्ट्रिय गीत तथा अन्य सर्बाधिक लोकप्रिय गीत आदिमा नेपाली पहिरन साथ आफ्नो कला प्रस्तुत गरेका थिए । यसै गरि स्थानीय स्तरमा रहेका प्रतिभाशाली समुह ,कलाकारले समेत सांगीतिक प्रस्तुति गरेका थिए ।

बिशेष बालबालिकाको लागि नृत्य प्रस्तुतिको सम्पूर्ण तारतम्य मिलाउने तथा उनीहरुलाई अवसर दिनु पर्छ भन्ने मान्यता राख्दै प्रभा भट्टराई देउजाले गरेकी थिइन् । स्वयम प्रभा देउजाले नृत्य निर्देशन समेत गरि बालबालिकाका लागि पहिरन समेत व्यवस्था गरेकी थिइन् ।
कार्यक्रममा समाजमा निस्वार्थ भावना तथा स्वयं सेवक रुपमा काम गर्ने बिशेष व्यक्तिहरु ,कलाकार ,नेपाल र नेपाली को नाम उच्च राख्ने कराते खेलाडी उज्ज्वल ठकुरी तथा संचार माध्यमहरुलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो ।

ans-15

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०८:४२ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...