back
CTIZAN AD

गायक प्रेम सेन छौ सानी सानी मायाको खानि भन्दै कस्को पछि लागे (भिडियो सहित)

वि.सं.२०७३ कात्तिक ८ सोमवार

2.1K 

shares

Sani – Prem Sen Ft. Aanchal Sharma | New Nepali Pop Song 2016

काठमाडौँ । गायक प्रेम सेन एक प्रतिभाशाली गायकको रुपमा सांगीतिक फाँटमा उदाएका छन । २०४६ सालमा तेर्हथुम जिल्लाको ओखरे गाबिसको वडा नम्बर ४ मा जन्मिएका प्रतिभाशाली गायक प्रेम सेनले २०६७ सालमा रेडियो नेपाल बाट आफ्नो आवाज परिक्षणमा सफल्ता हासिल गरेपछि आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएका छन ।
कलिलो उमेर बाट नै संगीतमा रुचि राख्दै आएका गायक प्रेमले सात बर्षको उमेर बाटनै गुरु चन्दन कुमार श्रेष्ठ संग गीतसंगीतको कक्षा लिएर सिक्न थालेका थिए । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरी सकेका गायक प्रेम सेनको पछिल्लो नया एल्बम प्रेम कथाको शिर्ष गित छौ सानी सानी मायाको खानिको म्युजिक भिडियो भने अहिले युट्युब मार्फत भाइरल बन्दै गईरहेको छ भने विभिन्न टेलिभिजनहरुमा पनि दर्शक हरुको रोजाइमा पर्दै गएको छ ।

नायिका तथा मोडल आंचल शर्मालाई लिएर बनाएको उक्त म्युजिक भिडियोमा उनलाई बिनोद न्यौपानेले साथ दिएका छन । संगीतकार साजन शाहको संगीत रहेको उक्त गितमा लेखु सहयात्रीको शब्द रहेको छ भने म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका छन । सजिलै संगीत प्रेमी हरुको मन मुटुमा बस्न सक्ने खालको सुमधुर आवाजले भरिएको छौ सानी सानी मायाको खानि भन्ने पप गितको म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०८:४७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...