गायक प्रेम सेन छौ सानी सानी मायाको खानि भन्दै कस्को पछि लागे (भिडियो सहित)
Sani – Prem Sen Ft. Aanchal Sharma | New Nepali Pop Song 2016
काठमाडौँ । गायक प्रेम सेन एक प्रतिभाशाली गायकको रुपमा सांगीतिक फाँटमा उदाएका छन । २०४६ सालमा तेर्हथुम जिल्लाको ओखरे गाबिसको वडा नम्बर ४ मा जन्मिएका प्रतिभाशाली गायक प्रेम सेनले २०६७ सालमा रेडियो नेपाल बाट आफ्नो आवाज परिक्षणमा सफल्ता हासिल गरेपछि आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएका छन ।
कलिलो उमेर बाट नै संगीतमा रुचि राख्दै आएका गायक प्रेमले सात बर्षको उमेर बाटनै गुरु चन्दन कुमार श्रेष्ठ संग गीतसंगीतको कक्षा लिएर सिक्न थालेका थिए । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरी सकेका गायक प्रेम सेनको पछिल्लो नया एल्बम प्रेम कथाको शिर्ष गित छौ सानी सानी मायाको खानिको म्युजिक भिडियो भने अहिले युट्युब मार्फत भाइरल बन्दै गईरहेको छ भने विभिन्न टेलिभिजनहरुमा पनि दर्शक हरुको रोजाइमा पर्दै गएको छ ।
नायिका तथा मोडल आंचल शर्मालाई लिएर बनाएको उक्त म्युजिक भिडियोमा उनलाई बिनोद न्यौपानेले साथ दिएका छन । संगीतकार साजन शाहको संगीत रहेको उक्त गितमा लेखु सहयात्रीको शब्द रहेको छ भने म्युजिक भिडियोको निर्देशन शिशिर खातीले गरेका छन । सजिलै संगीत प्रेमी हरुको मन मुटुमा बस्न सक्ने खालको सुमधुर आवाजले भरिएको छौ सानी सानी मायाको खानि भन्ने पप गितको म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।