back
CTIZAN AD

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

वि.सं.२०७५ मंसिर २४ सोमवार

639 

shares

 

२४ मङ्सिर, काठमाडौ । विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेका कार्यक्रमका वक्ताले भ्रष्टाचार कम गर्न यसविरुद्ध शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले भ्रष्टाचारको अन्त्यका लागि जनतामा जनचेतनाका साथै अनियमितता, ढिलासुस्ती र गलत काम गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्ने बताए ।

“आर्थिक भ्रष्टाचारका साथै नीतिगत भ्रष्टाचारले समाजमा जरो गाडेको छ, भ्रष्टाचारको अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट जागरुक हुन जरुरी छ”, उनले भने ।

समाजका सभापति उत्तम पुडासैनी, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, स्थानीयवासी पेम्बाछिरी शेर्पा र सरोज श्रेष्ठ, भेनस पब्लिक स्कूलका निर्देशक कृष्णप्रसाद गौतम, समाजका कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, समाज काठमाडौँका कोषाध्यक्ष रामचन्द्र खतिवडा, जिल्ला सदस्य नानीकाजी गिरीलगायतले अनियमितताविरुद्ध सामूहिकरुपमा आवाज उठाउने संस्कृतिको शुरुआत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीका तर्फबाट भ्रष्टाचारविरुद्धको अभियानमा नयाँ पुस्ताको भूमिकाका सन्दर्भमा छात्रा पेमा तामाङ र छात्र पुरुषोत्तम पौडेलले मन्तव्य राख्दै समाज परिवर्तनका लागि सुशासन कायम गर्न सबैको सहयोग आवश्यक हुने धारणा व्यक्त गरे ।

वि.सं.२०७५ मंसिर २४ सोमवार १४:३३ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...