back
CTIZAN AD

महाअभियोगको विपक्षमा जानेलाई जनताले माफ गर्दैन: नेता राई

वि.सं.२०७३ कात्तिक ८ सोमवार

789 

shares

serdhan-rai

८ कात्तिक,भक्तपुर । नेकपा (एमाले) का नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा कुनै पनि राजनैतिक दल जान नसक्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले महाअभियोगका पक्षमा जनमत रहेकाले यसकाबिरुद्ध कुनै पनि दल जान नसक्ने बताउनुभयो ।

उहाँले महाअभियोगका विपक्षमा जाने दललाई जनताले माफी नदिने बताउँदै “यदि कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा त्यो दललाई नेपाली जनताले कारबाही गर्छन् र जनस्तरबाट सजाय दिन्छन् भन्नुभयो ।”

नेता राईले काँग्रेसले समेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्तगर्दै विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएको र सरकार त्यसको चङ्गुलमा फस्दै गएको आरोप लगाउनुभयो ।

एमाले नयाँ सत्ता समीकरणमा नलागेको स्पष्ट पार्दै उहाँले संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने रु भन्ने सवालमा एमाले चिन्तित रहेको छ भन्नुभयो ।

नेता राईले प्रधानमन्त्री दाहालले आफू चौघेरामा घेरिएको भनाइ सार्वजनिक गर्नु देशकै लागि घातक साबित हुन सक्ने बताउँदै उहाँ के कारणले चौघेरामा परेका हुन् त्यसबारे जनतालाई जानकारी दिनुपर्दछ भन्नुभयो ।

संविधान गतिशील र समयको अवश्यकताअनुसार संशोधन गर्न सकिने भएपनि औचित्य बिनाको संशोधन एमालेका लागि स्वीकार्य छैन बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३० मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...