back
CTIZAN AD

आवश्यकताअनुरुप संविधान संशोधन गर्न सकिन्छ: नेता भट्टराई

वि.सं.२०७३ कात्तिक ८ सोमवार

951 

shares

 yogesh-bhattarai

८ कात्तिक,तनहुँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले भन्नुभयो—“संविधान संशोधन आवश्यकताअनुरुप गर्न सकिन्छ तर मधेस र पहाडलाई अलगअलग हुनेगरी संविधान संशोधन गर्न सकिँदैन ।”

सचिव भट्टराईले लोकतान्त्रिक र समावेशी भएकाले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै एमालेको विशेष भूमिकाका कारण सही समयमा संविधान घोषण भएको धारणा व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का वैकल्पिक सदस्य एवम् तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य एकबहादुर रानाले यस्ता शुभकामना आदानप्रदान कार्यले सबै जातजाति तथा धर्मलाई एकताबद्ध गर्न सहज हुने बताउनुभयो ।

नेकपा (एमाले) व्यासनगर कमिटी तनहुँका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहिद परिवार तथा पार्टीलाई योगदान पु¥याउने ६० बर्ष माथिका ९० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३३ मा प्रकाशित

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

कारभित्र जलेको अवस्थामा महिला मृत फेला, मृत्युको कारण शेयरबजारको मन्दी भएको आशंका

काठमाडौं। राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक...

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...