Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

महाअभियोगको विपक्षमा जानेलाई जनताले माफ गर्दैन: नेता राई



serdhan-rai

८ कात्तिक,भक्तपुर । नेकपा (एमाले) का नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका —संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा कुनै पनि राजनैतिक दल जान नसक्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले महाअभियोगका पक्षमा जनमत रहेकाले यसकाबिरुद्ध कुनै पनि दल जान नसक्ने बताउनुभयो ।

उहाँले महाअभियोगका विपक्षमा जाने दललाई जनताले माफी नदिने बताउँदै “यदि कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा त्यो दललाई नेपाली जनताले कारबाही गर्छन् र जनस्तरबाट सजाय दिन्छन् भन्नुभयो ।”

नेता राईले काँग्रेसले समेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्तगर्दै विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएको र सरकार त्यसको चङ्गुलमा फस्दै गएको आरोप लगाउनुभयो ।

एमाले नयाँ सत्ता समीकरणमा नलागेको स्पष्ट पार्दै उहाँले संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने रु भन्ने सवालमा एमाले चिन्तित रहेको छ भन्नुभयो ।

नेता राईले प्रधानमन्त्री दाहालले आफू चौघेरामा घेरिएको भनाइ सार्वजनिक गर्नु देशकै लागि घातक साबित हुन सक्ने बताउँदै उहाँ के कारणले चौघेरामा परेका हुन् त्यसबारे जनतालाई जानकारी दिनुपर्दछ भन्नुभयो ।

संविधान गतिशील र समयको अवश्यकताअनुसार संशोधन गर्न सकिने भएपनि औचित्य बिनाको संशोधन एमालेका लागि स्वीकार्य छैन बताउनुभयो । रासस


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।