back
CTIZAN AD

नेपालको दिगोविकासका विषयमा चीनमा छलफल

वि.सं.२०७३ कात्तिक ८ सोमवार

957 

shares

photo-jhapa

अनिल वाग्ले,८ कार्तिक, झापा। मध्य तथा दक्षिण एशियाली मूलुकमा रेल मार्गको विकास गरी आर्थिक उन्नति हासिल गर्ने विषयमा नेपाल तथा चिनका प्राज्ञ प्रतिनिधी बीच चीनको चेन्डुमा छलफल भएको छ ।
चाइना फोरम फर पिस एण्ड डेभलपमेन्ट (CFPD) को निमन्त्रणामा ‘रेसम मार्गका मित्रहरु र नेपालमा दिगोविकास’ सम्बन्धि सेमिनारमा सहभागी हुन १६ अक्टोवरमा प्रा. डा. नारद भारद्धाजको नेतृत्वमा चिन गएको नेपाली टोलीले चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टका उपमहासचिव जि पिङको टोलीसँग यस विषयमा छलफल गरेको हो । २० सदस्यीय नेपाली टोलीमा डा. भारद्धाज, नेकपा एमालेका केन्द्रिय सदस्य हिक्कमत कार्की , नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाका छोरा एन्ड्रियास सिद्धार्थ, शुस्मा कोइराला फाउण्डेसनका कार्यकारी अध्यक्ष हरि ढुंगाना, समाज कल्याण परिषद्का राकेश हमाल, पत्रकार दानदास श्रेष्ठ, हिमाली क्षेत्रमा कार्यरत एनजीओ प्रतिनिधी डा. नम्रता पाण्डे, माओवादी केन्द्रकी सावित्रा शर्मा, माओवादी केन्द्रका निर्मल महरा, एनजीओ प्रतिनिधी विमल पोखरेल, माओवादी केन्द्रका महेश्वर दाहाल, गोर्खापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल लगायतको सहभागिता थियो भने चिनियाँ टोलीमा चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टका उपमहासचिव जि पिङ, चाइना साउथ वेस्ट युनिभर सिटिकी ग्रामिण विकास विषयकी प्राध्यापक झाङ ल्यानइङ लगायतको सहभागिता थियो ।photo2
त्यहाँ रहँदा नेपाली टोली र चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टको टोली विच वान रोड र वान वेल्टका विषयमा छलफल भएको छ । छलफलका क्रममा चिनियाँ टोलीले नेपाली टोलीलाई नेपालको भूमि हुँदै दक्षिण एशिया तथा मध्य एसियाका मुलुकहरुसँग रेलमार्ग निर्माणका विषयमा सकारात्मक हुन र त्यसबाट नेपालले लिन सक्ने फाइदाका विषयमा आफ्नो तर्फबाट अध्ययन गर्न अनुरोध गरेको छ ।
सो सेमिनारमा रेसम मार्ग अर्थात प्राचिनकालमा चिनको रेसम व्यापार हुने क्षेत्रहरु नेपाल, अफगानस्तान, इरान, टर्की, युरोप तथा अर्फिका सम्म रेलमार्ग पु¥याउने तथा नेपालको उत्तरी नाका खोली नेपाललाई पनि आत्मनिर्भर बनाउने विषयमा छलफल भएको थियो । त्यस्तै चिनियाँ सागरबाट हिन्दमहासागरसम्म रेलमार्ग जोडी एशिया, युरोप र अर्फिकासम्म पु¥याइ आर्थिक विकास गर्ने कुरामा पनि छलफल भएको छ । यी कार्य हुन सके छिमेकी मूलुक नेपाललाई पनि आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने चिनियाँ टोलीले बताएको छ ।
सेमीनारको अवसरमा नेपालको दिगो विकासकासका क्षेत्रमा चिनले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको नेपाली टोलीका नेतृत्वकर्ता डा. भारद्धाजले जनाएका छन् । उनले वान रोड वान वेल्टले नेपालको विकासमा कस्तो सहयोग पु¥याउन सक्छ भन्ने विषयमा नेपाली टोलीले चिनियाँ टोलीसँग जिज्ञासा राखेको जनाएका छन् । सेमिनारका अवसरमा नेपाली टोलीका नेतृत्वकर्ता भारद्धाजले नेपाल चाइना सम्बन्ध र नेपालको दिगो विकासका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने राकेश हमाल, दानसिंह श्रेष्ठ, डा. नम्रता पाण्डे लगायतले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा चिनियाँ टोलीले नेपाली टोलीलाई आत्मनिर्भर बनिसकेका ३ क्षेत्रको अवलोकन भ्रमण गराएको छ । स्याउ तथा अंगुर खेती हुने मुलान गाउँ, गुलाफको फुल खेती गरेर त्यसबाट मुल्यबान तेल निकालिएको गाउँ जिङ तथा बहुवालीका कारण चिनिएको चोङकिङ महानगर प्रशासनिक क्षेत्रको सीकोनकिङ गाउँको अवलोकन भ्रमण गराइएको छ । टोली २३ अक्टोवरमा नेपाल फर्किएको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३४ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...