back
CTIZAN AD

एन्फाको बन्दसत्र जारी, निर्वाचन केहीबेरपछि

वि.सं.२०७३ कात्तिक ८ सोमवार

915 

shares

८ कात्तिक,काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त रहेको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । यसका लागि अहिले बन्दसत्र चलिरहेको र दिउँसो करिब ३ बजे निर्वाचन सुरु हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

एन्फाको अध्यक्षका लागि वर्तमान कावा अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा प्रत्याशी छन् । त्यस्तै उपाध्यक्षमा मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंहको उम्मेदवारी परेको छ । श्रेष्ठ र कुँवर एकै समूहका हुन् भने शेर्पा र खाती अर्को पक्षका हुन् । त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान सिंहले पनि एकल उम्मेदवारी दिएका छन् ।

यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारको मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्ने छ । त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ ।

थापालाई गत वर्ष फिफाले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३४ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...