back
CTIZAN AD

म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

वि.सं.२०७३ कात्तिक ८ सोमवार

999 

shares

 ८ कात्तिक,म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ ।

आव २०७२÷७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकले पोखरा, काठमाडौँ, कुश्मा, बागलुङलगायतका स्थानमा पु¥याएर बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लामा हिउँदे र बर्खे गरी एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलु खेती हँुदै आएको छ । जिल्लाभर वर्षभरिमा कुल १६ हजार पाँच ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । त्यसमध्ये चार हजार ८१५ मेट्रिक टन आलु जिल्लाभित्र खपत भए पनि बाँकी आलु यातायातका साधनमार्फत ढुवानी गरी जिल्ला बाहिर निर्यात गरिएको हो ।

अघिल्लो वर्ष एक हजार ६०५ हेक्टरमा गरिएको आलुखेतीबाट १५ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष शून्य दशमलव ६ प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालयकी योजना अधिकृत ज्योति क्षेत्रीले जानकारी दिनुभयो ।

कृषकहरु व्यावसायिक बन्नु, उन्नत जात भित्रनु, पुरानो खेती प्रविधि आधुनिकीकरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण, बजारको पहुँच विस्तारले अन्य बालीको तुलनामा सजिलो र आम्दानी हुने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षण बढेको अधिकृत क्षेत्रीले बताउनुभयो ।

राम्चे, हिस्तान, शिख, घार, कुहुँ, कुइनेमङ्गले, पाखापानी, मल्कवाङ, गुर्जा, मुदी, मल्कवाङ, चिमखोला, पात्लेखेत, भकिम्लीलगायत ३३ गाविसमा व्यावसायिक आलु खेती हुने गरेको छ । अन्य अन्नबालीको तुलनामा धेरै समय, जनशक्ति र मेहनत नपर्ने तथा बजारमा उच्च माग भएकाले म्याग्दीमा व्यावसायिक आलु खेती गर्ने कृषकको सङ्ख्या बढेको हो ।

कृषकले कुफ्रेज्योतिका साथै दाना (पिबिएस) र बियाँ बीउ (टिपिएस) प्रविधिको प्रयोग गरी उन्नत जातका आलुको खेती गरेका छन् । घरायसी उपभोग, आन्तरिक बजार, बीउ आलुका लागि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको जिल्ला कृषि योजना अधिकृत क्षेत्रीले बताउनुभयो ।

आलु खेतीको प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ आलु आत्मनिर्भर कार्यक्रमका साथै सुरक्षित भण्डारणका लागि विभिन्न १० ठाउँमा शीतभण्डार भवन निर्माण गरिएको कार्यालयले जनाएकोे छ । यसैगरी कृषकलाई प्राविधिक तालिमका साथै अनुदानमा बियाँ र दाना बीउ आलु उपलब्ध गराउने गरिएको छ । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...