back

राजमार्गमै भत्केको कल्भर्ट नबन्दा सवारी आवागमनमा जोखिम

वि.सं.२०७३ कात्तिक ८ सोमवार

690 

shares
IME Limited
NTC AD

८ कात्तिक,काँकडभिट्टा (झापा)। पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रमा कल्भर्ट भत्किएको एक महिना बितिसक्दासमेत सम्बन्धित निकायले बनाउने चासो नदिँदा सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन् ।

गत असोज ५ गते अविरल वर्षाका कारण बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्कियो । सडक विभागले तत्कालै जेसिबी लगाएर पुरपार पार्दै यातायातलाई कामचलाउ बनाए पनि भत्केकै अवस्थामा रहेको साँघुरो एकातर्फी ट्र्याकबाट सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य भएका हुन् ।

मुलुककै एकमात्र राजमार्ग भएका कारण यहाँ यातायातको उच्च चाप छ । यस्तो जान्दाजान्दै पनि सरकारले भत्किएको कल्भर्टको ठाउँमा नयाँ पुल बनाउने ठोस योजना बितेको एक महिनामा बनाउन सकेको छैन । यस्तो महत्वपूर्ण राजमार्गमा भत्केको कल्भर्ट सरकारले एक हप्तामै बनाइसक्नुपर्ने मेची बस व्यवसायी सङ्घका सचिव राजेन्द्रले रिजालको भनाइ छ ।

“राज्यका लागि जनताको हितभन्दा ठूलो अरु केही हुन सक्दैन”, रिजाल सरकारलाई प्रश्न गर्नुहुन्छ – “एउटा कल्भर्ट बनाउने कुरा कुन ठूलो काम हो र ?”

सरकारले बजेटको व्यवस्था मिलाउने हो भने सो स्थानमा नयाँ कल्भर्ट तीन महिनाभित्रै बनाउन सकिने झापाका अगुवा निर्माण व्यवसायी शेरबहादुर थापा बताउनुहुन्छ ।

दमकस्थित डिभिजन सडक कार्यालयले सो स्थानमा बक्स कल्भर्ट निर्माणका लागि १० दिनअघि टेन्डर आह्वान गरेको छ । तर बजेट बिना नै टेन्डर खोलेका कारण योजना कार्यान्वयन हुनेमा शङ्का छ ।

भर्खरै सरुवा हुनुभएका डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रु एक करोड २४ लाखमा बक्स कल्भर्ट बनाउन टेन्डर आह्वान गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले आगामी जेठसम्ममा नयाँ कल्भर्टबाट गाडी गुडाइने दाबी पनि गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३७ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...