back
CTIZAN AD

राजमार्गमै भत्केको कल्भर्ट नबन्दा सवारी आवागमनमा जोखिम

वि.सं.२०७३ कात्तिक ८ सोमवार

1.1K 

shares

८ कात्तिक,काँकडभिट्टा (झापा)। पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रमा कल्भर्ट भत्किएको एक महिना बितिसक्दासमेत सम्बन्धित निकायले बनाउने चासो नदिँदा सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य छन् ।

गत असोज ५ गते अविरल वर्षाका कारण बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको कल्भर्ट भत्कियो । सडक विभागले तत्कालै जेसिबी लगाएर पुरपार पार्दै यातायातलाई कामचलाउ बनाए पनि भत्केकै अवस्थामा रहेको साँघुरो एकातर्फी ट्र्याकबाट सवारी साधन जोखिमपूर्वक ओहोरदोहोर गर्न बाध्य भएका हुन् ।

मुलुककै एकमात्र राजमार्ग भएका कारण यहाँ यातायातको उच्च चाप छ । यस्तो जान्दाजान्दै पनि सरकारले भत्किएको कल्भर्टको ठाउँमा नयाँ पुल बनाउने ठोस योजना बितेको एक महिनामा बनाउन सकेको छैन । यस्तो महत्वपूर्ण राजमार्गमा भत्केको कल्भर्ट सरकारले एक हप्तामै बनाइसक्नुपर्ने मेची बस व्यवसायी सङ्घका सचिव राजेन्द्रले रिजालको भनाइ छ ।

“राज्यका लागि जनताको हितभन्दा ठूलो अरु केही हुन सक्दैन”, रिजाल सरकारलाई प्रश्न गर्नुहुन्छ – “एउटा कल्भर्ट बनाउने कुरा कुन ठूलो काम हो र ?”

सरकारले बजेटको व्यवस्था मिलाउने हो भने सो स्थानमा नयाँ कल्भर्ट तीन महिनाभित्रै बनाउन सकिने झापाका अगुवा निर्माण व्यवसायी शेरबहादुर थापा बताउनुहुन्छ ।

दमकस्थित डिभिजन सडक कार्यालयले सो स्थानमा बक्स कल्भर्ट निर्माणका लागि १० दिनअघि टेन्डर आह्वान गरेको छ । तर बजेट बिना नै टेन्डर खोलेका कारण योजना कार्यान्वयन हुनेमा शङ्का छ ।

भर्खरै सरुवा हुनुभएका डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रु एक करोड २४ लाखमा बक्स कल्भर्ट बनाउन टेन्डर आह्वान गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले आगामी जेठसम्ममा नयाँ कल्भर्टबाट गाडी गुडाइने दाबी पनि गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...