back

महाअभियोगको प्रस्ताव माओवादी केन्द्रले नै अघि सारेकोः मन्त्री शर्मा

वि.सं.२०७३ कात्तिक ८ सोमवार

555 

shares
IME Limited
NTC AD

janardhan-sharma

 ८ कात्तिक,काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग मुद्दा संवैधानिक व्यवस्थाअनुसार विधिसम्मत प्रारम्भ भएको हो, यसको सत्ता गठबन्धन वा सरकार ढल्नेसँग कुनै सम्बन्ध छैन ।”

मन्त्री शर्माले महाअभियोगको प्रस्ताव माओवादी केन्द्रले नै अघि सारेको स्पष्टपार्दै एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफलपछि यो प्रस्ताव ल्याइएको र यसबारे तीन नेताबीच निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले प्रमुख लोकमानसिंह कार्की पदको दुरुपयोग गरी सबैलाई त्रसित बनाएको र समानान्तर सरकार सञ्चालन गर्न खोजेकाले महाअभियोग लगाउनुपरेको स्पष्ट पार्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:४० मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...