back
CTIZAN AD

‘डेंगुबाट सचेत रहनुहोस् त्रसित नबन्नुस’

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

990 

shares

dengu८ कात्तिक, काठमाडौँ। स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आइतबारभन्दा सोमबार डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १०० पुगेको छ ।

ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उहाँले सबैलाई अनुरोध गर्नुभयो । उहाँले डेँगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

झापा, चितवनलगायत केही जिल्लामा डेँगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुई÷दुई जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक÷एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ ।

डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:३१ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...