back

‘डेंगुबाट सचेत रहनुहोस् त्रसित नबन्नुस’

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

564 

shares
IME Limited
NTC AD

dengu८ कात्तिक, काठमाडौँ। स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आइतबारभन्दा सोमबार डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

उहाँका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १०० पुगेको छ ।

ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उहाँले सबैलाई अनुरोध गर्नुभयो । उहाँले डेँगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

झापा, चितवनलगायत केही जिल्लामा डेँगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुई÷दुई जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक÷एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ ।

डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:३१ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ का...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको...