back
CTIZAN AD

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

वि.सं.२०७५ पुस २३ सोमवार

621 

shares

२३ पुस, कलैया ।  विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।

पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ नै बन्न पुगेको छ । नेपाली सेनाका अधिकृत क्याडरका लागि शिक्षालयको तालीम अनिवार्य त छँदैछ ।

शिक्षालयका प्रमुख महासेनानी गौरवकुमार केसीका अनुसार शिक्षालयबाट भारतका छ, पाकिस्तानका सात, बङ्गलादेशका पाँच, मलेशियाका एक, चीनका २०, श्रीलङ्काका आठ, अमेरिकाका चार, कोरियाका आठ, केन्याका एक र म्यान्माका दुई सैनिक अधिकृतले अत्यन्त कठिन जङ्गल युद्धकलाको तालीम शिक्षालयबाट प्राप्त गरिसकेका छन् ।

विसं २०६७ देखि ती देशका सैनिक अधिकृत यस्तो तालीम लिन शिक्षालयमा आउन शुरु गरेका थिए । विदेशी सेनाका लागि तालीम खुला भएसँगै छिमेकी देशलगायत अन्य देशका सैनिक यहाँ तालीम लिन पहिलो रोजाइमा परेको बताइन्छ ।

यसैगरी सो शिक्षालयबाट नेपाली सेनाका १३ हजार ४३२ अधिकृत क्याडरले हालसम्म तालीम प्राप्त गरेका छन् । पछिल्लो समय सेनाका अधिकृत क्याडरका लागि यहाँस्थित जङ्गल युद्धकला र जोमसोमस्थित उच्च हिमाली युद्धकलामध्ये एक तालीम अनिवार्य गरिएको छ ।

विसं २०३४ मा नेपाली सेनाले यहाँ वारफेयर शाखा स्थापना गरी तालीमको शुभारम्भ गरेको थियो । यसपछि विसं २०५५ मा शाही नेपाली सैनिक जङ्गल शिक्षालय, विसं २०६३ मा सैनिक जङ्गल वारफेयर शिक्षालय, विसं २०६६ मा प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा रूपान्तरण भएको थियो ।

बारा, जितपुर नगरपालिका–२१ मा अवस्थित सो शिक्षालय १२३ बिघामा फैलिएको छ । विशेषगरी सैनिक तथा सुरक्षा अङ्गका लागि शिक्षालयले प्रदान गर्ने जङ्गल युद्धकला तालीम विश्वमा उत्कृष्ट तालीमभित्र पर्ने बताइन्छ ।

महासेनानी केसी भन्नछन्, “विदेशी सैनिकले यहाँ सिकेका ज्ञान, सीप तथा दक्षतालाई आफ्नो देशमा प्रदान गर्दछन् ।” नेपाली सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमतालाई अभिवृद्धि गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापित सो शिक्षालयले पछिल्लो समय ती विषयमा गहन विश्लेषण गरी सम्बन्धित निकायमा सुझावसमेत दिने गर्दछ । शिक्षालयले भविष्यमा आइपर्नसक्ने विद्रोह तथा आतङ्कवादसित समान गर्न सक्नेगरी आफ्ना तालीमका पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीतिसमेत लिएको छ ।

साथै शिक्षालयले आवश्यकताअनुसार सुरक्षा निकायका अन्य अङ्गलाई पनि ती विषयमा तालीम प्रदान गर्ने गर्दछ । विगतको द्वन्द्वका समयमा सो शिक्षालयबाट करीब १५० जनाभन्दा बढी प्रहरीले तालीम लिएका थिए ।

तालीमको अवधि कम्तीमा १० हप्ताको रहेको छ । शिक्षालयले जङ्गल युद्धकलाको प्रशिक्षक प्रशिक्षण टिओटी पनि उत्पादन गर्दछ । तालीमका विधिअन्तर्गत जङ्गल युद्धकलासम्बन्धी सैद्धान्तिक कक्षा, प्रस्तुतीकरण, कक्षामा अध्ययन गरेका विषयलाई स्थलगतरूपमा व्यावहारिक अभ्यास रहेको महासेनानी केसीले बताउछन् ।

उनी भन्नछन्, “रिभर क्रसिङ, फाइरिङ, पोक्चरिङ, २० केजी बोकेर रनिङलगायत अभ्यास तालीमका क्रममा अनिवार्य रहेको छ ।” तालीमका अवधिमा ती अभ्यास गर्न शिक्षार्थीलाई अनिवार्य जङ्गलमा छाडिन्छ । उनीहरूले जङ्गलमा पाइने कन्दमूल, जडीबुटी खाएर दिन रात बिताउनुपर्छ । कम्तीमा तीन दिन र बढीमा सात दिनसम्म जङ्गलमा बिताउनुपर्छ । तालीमका अवधिमा जङ्गलमा कस्ताकस्ता कन्दमूल, जडीबुटी पाइन्छ, तीमध्ये कुन खाने हुन, पानीको मात्रा कसरी पूरा गर्ने, वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने, उनीहरूलाई कसरी संरक्षण गर्ने, प्राथमिक उपचार, विपद्का समयमा मानवीय सेवालगायतका विषयमा ज्ञान दिइने शिक्षालयले जनाएको छ ।

वैशाखदेखि भदौ महीनासम्म यस स्थानमा सर्प र बिच्छीको समस्या हुने गर्दछ । अर्कोतर्फ पर्सा राष्ट्रिय निकुञ्जका क्षेत्र यही तालीम केन्द्रसित जोडिएकोे छ । निकुञ्जका अनुसार निकुञ्जभित्र ६० देखि ६५ वटा जङ्गली हात्ती, सात वटा पाटेबाघ, १०५ वटा गौरी गाई, तीनदेखि पाँचसम्म गैँडा, ३७ स्तनधारी प्रजाति, ४९० चराचुरुङ्गीका प्रजाति, ३१ प्रकारका पुतलीका प्रजाति तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति रहेका छन् ।

वन्यजन्तु र विविध प्रजातिका बासस्थानसँग शिक्षालय जोडिएकाले विदेशी सैनिकका लागिसमेत आकर्षक तालीम मानिएको हो । शिक्षालयमा तालीम लिइरहेका एक कोरियाली सैनिक जङ्गलमा बाँच्ने कलाको ज्ञान लिने विषय चुनौतीपूर्ण र साहसिक हुँदाहुँदै आनन्दसमेत रहेको अनुभव सुनाउछन् ।

पछिल्लो समयमा सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न विकसित देशले आफ्नो लगानी वृद्धि गरिरहेको बताइन्छ । अर्कोतर्फ सम्बन्धित देशका भू–राजनीतिक अवस्थाका कारण पनि यस किसिमका तालीमको महत्व विश्वमा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । गत महीनामात्र रक्षामन्त्री ईश्वर पोखरेलले सो शिक्षालयको निरीक्षण भ्रमण गरेका थिए ।

वि.सं.२०७५ पुस २३ सोमवार १३:१३ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट  नियन्त्रणमा, मतदान अझै स्थगित

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नियन्त्रणमा, मतदान अझै स्थगित

काठमाडौँ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ अन्तर्गत पर्ने मालु मतदान...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

कांग्रेस नेता डा कोइरालाद्वारा मतदान

मोरङ । नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित...

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

पूर्वउपसभामुख रानाद्वारा अर्जुनधारा-८ मा मतदान

झापा । पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८...

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी...