back

हावाबाट बिजुली झलमल

वि.सं.२०७५ पुस २३ सोमवार

399 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, फिदिम ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छन् । उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ ।
स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका हुन् । सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो ।
उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ । पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ ।

समितिका अनुसार उत्पादित विद्युत्बाट सप्तमी बजारसहित आसपास ११० घरमा विद्युत् जडान गर्ने कार्य चलिरहेको । गत वैशाखको पहिलो सातादेखि निर्माण थालेको टप्सन कृष्णग्रिल जेभीले पुस दोस्रो साता सम्पूर्ण काम सकेपछि परीक्षण थालिएको सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिए ।

सो आयोजना सम्पन्न गर्न उपभोक्ताको रु २० लाख २५ हजार, मिक्लाजुङ गाउँपालिकाको रु २४ लाख ७५ हजार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु चार करोड पाँच लाखको लागतमा वायु तथा सौर्य विद्युत् ग्रेड निर्माण सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले विद्युत् प्रशारण लाइन विस्तारको काम भइरहेको जानकारी दिए । पुसको अन्तिमसम्ममा प्रसारण लाइन विस्तारको काम सक्ने गरी प्राविधिकलाई परिचालन गरिएको उनको भनाइ छ ।
यहाँ विद्युत् महसुल समेत नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने र उपभोक्ताको आम भेलाबाटै सहमतिमा समितिले महसुल दर निर्धारण गर्ने अध्यक्ष आङ्देम्बेले जानकारी बताए ।

वि.सं.२०७५ पुस २३ सोमवार १३:०० मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...