back
CTIZAN AD

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

वि.सं.२०८३ वैशाख २१ सोमवार

1.1K 

shares

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा “समय भित्रको समय” पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। महालक्ष्मी साहित्य समाजको आयोजनामा सम्पन्न कार्यक्रममा सह–आयोजकका रूपमा मुक्तसागरको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा.डा. सावित्री श्रेष्ठको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा प्रा.डा. भरतकुमार भट्टराई, प्राज्ञ चेतनाथ धमला, नमूना इङ्गलिस सेकेण्डरी स्कुलका सञ्चालक अध्यक्ष कैलाशकुमार मल्ल तथा प्रिन्सिपल रिता श्रेष्ठ मल्ल सहभागी रहेका थिए।

महालक्ष्मी साहित्य समाजका अध्यक्ष बिनोद खत्री ‘आकाश’को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रस्तुति जुमन किरणले गरेकी थिइन्। कार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गर्दै साहित्य, समाज र समसामयिक विषयमा विचार राखेका थिए।

प्रमुख अतिथि प्रा.डा. सावित्री श्रेष्ठले साहित्य समाज परिवर्तनको महत्वपूर्ण आधार भएको बताउँदै पुस्तक चर्चा र रचना वाचनजस्ता कार्यक्रमले सृजनशीलता, चेतना र बौद्धिक बहसलाई बल पुर्‍याउने धारणा व्यक्त गरिन्। उनले विद्यालयस्तरमै यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष भएको उल्लेख गरिन्।

विशेष अतिथि प्रा.डा. भरतकुमार भट्टराईले पुस्तक केवल ज्ञानको स्रोत मात्र नभई समाजको ऐना पनि भएको बताए। उनले युवा पुस्तालाई पठन संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

प्राज्ञ चेतनाथ धमलाले नेपाली साहित्यको प्रवर्द्धनका लागि स्थानीय तहबाट भइरहेका प्रयास प्रशंसनीय रहेको बताए। उनले सिर्जनशील अभ्यासलाई निरन्तरता दिन साहित्यिक मञ्चहरू अझ सक्रिय हुनुपर्नेमा जोड दिए।

विद्यालय सञ्चालक अध्यक्ष कैलाशकुमार मल्लले विद्यालयले शिक्षासँगै साहित्य, कला र संस्कृतिलाई पनि प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गरिने जानकारी दिए।

सभाध्यक्ष बिनोद खत्री ‘आकाश’ले साहित्य समाजको संवेदनशील आवाज भएको उल्लेख गर्दै स्रष्टाहरूलाई एकै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

वि.सं.२०८३ वैशाख २१ सोमवार ०८:१३ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...