back
CTIZAN AD

उनान्सय प्रतिशत महिलाले अंश दाबी गर्दैनन्

वि.सं.२०७३ कात्तिक १० बुधवार

909 

shares

१० कात्तिक,रोल्पा। सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ ।

जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो हुनाका साथै लामो पनि हुने भएकाले छोटोछरितो बाटो रोज्नका लागि अंश दाबी नगरेको हुन सक्ने बताइएको छ । सम्बन्धविच्छेद गर्नेमध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहने गरेको र श्रीमती अर्कैसँग मायाप्रेममा फस्ने गरेको पाइएको छ ।

टाढा रहेका श्रीमान्सँगको माया पनि टाढिँदै जाने र नयाँ प्रेमीसँग नजिकिँदै जाँदा सम्बन्धविच्छेदको घटना बढ्दै गएको बताइन्छ । सम्बन्धविच्छेद गरेकामध्ये शतप्रतिशतले दोस्रो विवाह गर्ने गरेको पाइएको छ । दोस्रो विवाहका लागि परिपक्व कानुनी बाटो तय गर्नका लागि पनि सम्बन्धविच्छेद गर्नेले सम्पत्तिको दाबी नगरेको हुन सक्ने बनेपालीको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक १० बुधवार ०६:३१ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...