back

खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख

वि.सं.२०७५ पुस २५ बुधवार

456 

shares

२५ पुस, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गरे ।

गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा सङ्कलन भएको रु ६४ हजार १०० पनि परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कूल रु चार लाख ६४ हजार १६० खड्गका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताए ।

विसं २०७० मा युएई गएका खड्गसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गलाई अदालतले पाँच वर्ष कैद र दुई लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । खड्ग अहिले युएईको आबुधावीको अलवात्बा जेलमा रहेको पारिवारिक स्रोतले जनाएको छ । खड्गलाई नेपाल फर्काउन दुई लाख दिराम अर्थात् नेपाली रु ६२ लाख जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताए ।

जनता आवास कार्यक्रमबाट ४३ घर

जनता आवास कार्यक्रमअन्तर्गत तेह्रथुममा ४३ घर निर्माण भइरहेका छन् । जिल्लाका सीमान्तकृत तथा दलित बस्तीमा सो कार्यक्रमको सहयोगमा ४३ घर निर्माण भइरहेका छन् ।

कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रतिपरिवार रु तीन लाख ५० हजार अनुदान पाएका छन् । कार्यक्रमअन्तर्गत जिल्लाका छवटै स्थानीय तहमा रहेका आर्थिकरूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि घर निर्माण भइरहेको छ । जनता आवास कार्यक्रमले जिल्लाका ५० घर बनाउने योजना दिएको थियो तर कार्यक्रमको मापदण्डभित्र रहेर जनता आवास कार्यक्रम, जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहबाट एक–एकवटा बस्ती छनोट गरी ४३ वटा घर बनाएको हो ।

आफ्नो घर नभएर छाप्रो र टहरामा बस्दै आएका दलित परिवारलाई सरकारले घर बनाई दिएपछि आफूहरूलाई छाप्रोबाट घरसम्म पु¥याएकोे भन्दै उनीहरूले खुशी व्यक्त गरेका छन् । जनता आवास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण डिभिजन धनकुटाले आठराई गाउँपालिका–५, छातेढुङ्गा माझी बस्तीमा दुई, फेदाप गाउँपालिका–३, जलजलको दलित बस्तीमा चार र मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङ निङ्लेखु टोलमा आठ घर निर्माण गरिरहेको छ ।

यस्तै, म्याङ्लुङ नगरपालिका–४, पिप्ले दलित बस्तीका आठ घर, लालीगुराँस नगरपालिकाको सोल्मामा १२ घर र छथर गाउँपालिका–२, हमरजुङ दलित बस्तीमा नौ घर निर्माण भइरहेको जनाएको छ । भवन निर्माण डिभिजन धनकुटाले धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्ला समन्वय समितिले घर बनाउन गत आर्थिक वर्षमा नै सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनोट गरे पनि बजेट पूरा नआएकाले घर निर्माणमा ढिलाइ भएको थियो । घर निर्माण गर्न हालसम्ममा मन्त्रालयले पहिलो र दोस्रो किस्ताबापतको रकम उपलब्ध गराइसकेको जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गानाले बताए ।

कार्यक्रमअन्तर्गत आर्थिकरुपमा अति विपन्न परिवारलाई घर बनाउन अनुदान प्राप्त भएपछि ज्याला मजदूरी गरेर दुई छाँक टार्दैै आएका हर्षित भएका छन् । बास बस्ने आफ्नो घर नभएर बारीमा चिमले बारेर बसेका दलित परिवारमा यो कार्यक्रमले खुशियाली भित्रिएको फेदाप गाउँपालिका–३ जलजलेका कुमार धौलाकोटीले बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार १४:३९ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...