back
CTIZAN AD

बुधबारे जेसीजमा नयाँ नेतृत्व चयन

वि.सं.२०७५ पुस २५ बुधवार

702 

shares

२५ बुधबारे,पौष । बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा जेसी हेमन्त बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी अनिल वाग्ले र जेसी दीपेन सिटौला चयन भएका छन् त्यस्तै महसचिवमा जेसी मुकेश भट्टराई, उपाध्यक्षहरुमा जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, जेसी केशव खुलाल, सहसचिव जेसी गोकुल पौड्याल, कोषाध्यक्ष जेसी कृष्ण ढकाल, कानुनी सल्लाहकार जेसी चन्द्र कटवाल चयन भएका छन् । साधारण सभामा नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् ।

बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी प्रकाश भण्डारीको अध्यक्षता, जेसी अनिल वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा झापा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो । जेसी कृष्ण ढकालले आस्था वाचन गरेको कार्यक्रममा जेसी वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि चापागाईं, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक जेसी जीवनकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए । महासचिव चन्द्र कटवालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन जेसी हेमन्त बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रम बुधबारे वाणिज्य संघको कार्यालयमा सोमबार भएको थियो । सन् २०१२ मा विरता जेसीजले मातृत्व प्रदान गरी बुधबारे जेसीजको स्थापना भएको थियो ।

वि.सं.२०७५ पुस २५ बुधवार १८:२० मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...