back

खप्तड गोल्ड कपः सङ्कटाको जित

वि.सं.२०७५ पुस २८ शनिवार

795 

shares

२८ पुस, धनगढी । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ ।

जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको आजको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनु भयो । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो । माघ १ गते सङ्कटाले क्यामरुनको धाउफिन्स एफसिको सामना गर्ने छ ।

शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल शुरु हुने जनाइएको छ । नेपाल एपिएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७५ पुस २८ शनिवार ०८:५९ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...