back

खप्तड गोल्ड कपः सङ्कटाको जित

वि.सं.२०७५ पुस २८ शनिवार

534 

shares
GLOBAL IME AD
NTC AD

२८ पुस, धनगढी । यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपअन्तर्गत शुक्रबार भएको प्रतिस्पर्धामा सिएमजी क्लब सङ्कटाले गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलले पराजित गरेको छ ।

जितसँगै सङ्कटा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको आजको खेलको इन्जुरी समयको पहिलो मिनेटमा जय गुरुङले दिएको पासमा रवि सिलवालले बललाई नियन्त्रणमा लिँदै गोल गरेर सङ्कटालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८३ औँ मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै सङ्कटाको जित पक्का गरे । विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरे पनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताउनु भयो । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिनुभयो । माघ १ गते सङ्कटाले क्यामरुनको धाउफिन्स एफसिको सामना गर्ने छ ।

शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेल शुरु हुने जनाइएको छ । नेपाल एपिएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७५ पुस २८ शनिवार ०८:५९ मा प्रकाशित

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...