back
CTIZAN AD

साउदी अरब तेल बजार छिट्टै सामान्य बन्नेमा ‘आशावादी’

वि.सं.२०७५ माघ २ बुधवार

810 

shares

२ माघ, अवु धावी ।  तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन् ।

तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य नजर राख्दै उत्पादन परिमाणमा कटौति गर्ने बताएसँगै अनिश्चित बनेको तेल बजार सन्तुलनप्रति साउदी अरब आशावादी रहेको उनले बताएका छन् ।

तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) र रसिया, इरानलगायतका केही मुलुकले तेलको मूल्यमा करिब ४० प्रतिशतको गिरावट आएको भन्दै गत महिना तेल उत्पादनलाई प्रतिदिन १२ लाख व्यारेल पु¥याउने बताएपछि तेलको आपूर्तिमा आउनसक्ने अनुमान बढिरहेका समय साउदी अरबका उर्जामन्त्रीको उक्त भनाई आएको हो ।

कच्चा तेलको मूल्यमा गिरावट आई गत महिना प्रतिव्यारेल ५० अमेरिकी डलरसम्म पुगेको थियो । तर जनवरीमा उक्त मूल्यमा प्रतिव्यारेल १० अमेरिकी डलरको वृद्धि भएको छ । तेलको उत्पादनमा जनवरी १ देखि लागू हुनेगरी गरिएको कटौतिसँगै विस्तारै मूल्यमा वृद्धि आएको र प्रतिव्यारेल ६० अमेरिकी डलर पुगेको हो ।

ओपेकको हर्ताकर्ता मानिने साउदी अरबले पनि जनवरीबाट लागु हुनेगरी तेलमा कटौति गर्ने र विस्तारै आठ लाख व्यारेल तेल उत्पादनमा कटौति गर्ने जनाएको थियो । अर्को महिनादेखि साउदीले थप एक लाख व्यारेल तेलको उत्पादनमा कटौति गर्ने बताएको थियो ।

फालिहले साप्ताहिक पत्रकार सम्मेलनमा भने “म विश्वस्त छु, हामीले कच्चा तेलको उत्पादनमा प्रतिदिन १२ लाख व्यारेलको कटौति गर्ने निर्णयले मूल्यमा सुधार आएको छ र अझै आउने छ । हामी केही समयमै मजबुत बन्नेछौँ ।”

उनले भने, “तर यहाँ सधैँ तेल उत्पादनमा कटौति र यसको बजारमा पुग्ने प्रभावबारे हुने निर्णयले चर्चा लिने गर्छ,”

“म विश्वस्त छु केही हप्तामा बजारको अवस्था सामान्य बन्नेछ र विश्वास पूरानै अवस्थामा आउनेछ ।”

वि.सं.२०७५ माघ २ बुधवार १०:२२ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...