back
CTIZAN AD

छाउगोठ भत्काउने अभियानमा लाग्यो प्रहरी

वि.सं.२०७५ माघ २ बुधवार

723 

shares

२ माघ,बाजुरा । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो ।

छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिएका छन् ।

“पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भने । भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न टोली खटिएको छ । हालसम्म बडिमालिका नगरपालिका–९ उखाडी, चौराटा, बडिमालिका २, १, ४ तथा त्रिवेणी नगरपालिकाका विभिन्न टोलमा छाउगोठको अवस्था अध्ययन गरिएको छ ।

“केही दिनमै जिल्लाको तथ्याङ्क बाहिर आउँछ,” भाटले भने । पीलुचौरले बाँधु आसपास र विमानस्थल सुरक्षागार्डको टोलीले कोल्टी बजार आसपासको गाउँमा तथ्याङ्क सङ्कलन गरिरहेको छ । ती ठाउँमा अहिलेसम्म ८० भन्दाबढी छाउगोठ भेटिएको छ । सबैभन्दा बढी त्रिवेणी नगरपालिकाको वडा नं ६ मा ४९ छाउगोठको रहेको पाइएको प्रहरी प्रमुख भाटले जानकारी दिए । “सबैको रोहवरमा छाउगोठ भत्काउँछौँ,” उनले भने,“गत साता बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि अभियान थालेका हौँ ।”

वि.सं.२०७५ माघ २ बुधवार ०९:५९ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...