Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

कुकुरलाई रेविजविरुद्ध खोप



४ माघ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ ।

रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक दिने रेविजविरुद्धको खोप शिविर आयोजना गरी कुकुरलाई खोप लगाएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा रहेका कुकुर सधैँ जङ्गली जनावरको सम्पर्कमा रहने भएकाले रेविज सर्ने प्रवल सम्भावना हुँदा खोप लगाइएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
खोप कार्यक्रमपश्चात् घरपालुवा खोप लगाइएका बाहेक भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उहाँको भनाइ रहेको छ । तीन महीनाका लागि रेविजविरुद्धको खोपले कार्य गर्छ पशु शाखाका नायब प्रावधिक कृष्णराज भट्टले भन्ने, “खोप लगाएको तीन महीनाभित्र कुकुरलाई बुस्टर डोज लगाउनुपर्ने हुन्छ ।”

उहाँका अनुसार चालू आवको हालसम्म नगरपालिका क्षेत्रमा दर्जन बढी घरपालुवा कुकुरमा रेविजको सङ्क्रमण देखापरेको छ । नजिकै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका स्याल, फ्याउरोलगायतका जनावरले बस्तीमा छिरेर कुकुरल गायतलाई टोक्दा रेविज फैलिने गरेको पशु प्राविधिक भट्टले बताए ।
नगरपालिका क्षेत्रमा झण्डै घरपालुवा कुकुरको सङ्ख्या भने एक हजार ३०० बढी रहेका छन । भुस्याहा कुकुरको सङ्ख्या भने ८०० बढी रहेको छ ।

हात्तीपीडित परिवारलाई राहत

शुक्लाफाँटा नगरपालिका–१ का हात्तीपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । घर, अन्नबाली र उखु बालीमा जङ्गली हात्तीको झुण्डले नोक्सान पु¥याएका परिवारलाई वडाध्यक्ष हरिश विष्टले क्षतिका आधारमा रु पाँच हजारदेखि रु १० हजारसम्म राहतस्वरुप रकम हस्तान्तरण गरेका छन् ।

“घर निर्माण गर्न र अन्नको बीउ खरीद गर्न सहजताका लागि राहत रकम हस्तान्तरण गरेका छौँ”, वडाध्यक्ष विष्टले भने । उनका अनुसार राहत भागिराम डगौरालाई रु १० हजार, दमनबहादुर विष्ट, धनवीरे सार्की, पार्वती सार्की, प्रेम सार्की र मोहन विकलाई रु पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

पचास प्रतिशत अनुदानमा चैते धानको बीउ उपलब्ध गराउने

पचास प्रतिशत अनुदानमा सुदूरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुरका किसानलाई चैते धानको बीउ उपलब्ध गराउने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक समूह, निजी फार्म र सहकारीमार्फत बीउ उपलब्ध गराउने तयारी गरेको छ । अनुसूचि १, २ र ३ अनुसार स्थानीय तह वा कृषि ज्ञान केन्द्रमार्फत माघ १० गतेभित्र आवेदन दिइ ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

“ब्लक तथा पकेटका रुपमा एकै ठाउँमा १० बिघादेखि माथिको क्षेत्रफलमा चैते धानको खेती गर्ने किसानलाई सिँचाइ सुविधाबापत स्यालो ट्युबवेल उपलब्ध गराउने योजना बनाएका छौँ”, उनले भने ।

छोटो अवधिमै बढी प्रतिफल दिने चैते धानको खेतीमा कैलालीका कञ्चनपुरका किसानको आकर्षण बढेको छ । बाह्य देशबाट आयात हुने चामललाई प्रतिस्थापन गर्नका लागि यहाँ चैते धानको खेतीले सघाउ पु¥याएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा