back
CTIZAN AD

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

वि.सं.२०८३ साउन १२ मंगलवार

210 

shares

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण पछिल्लो एक महिनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ । मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ यता देशभर मनसुनसँग सम्बन्धित घटनामा १०९ जनाले ज्यान गुमाइसकेका छन् । अधिकांशको मृत्यु घर तथा छाना भत्किँदा भएको हो । मृतकमध्ये झण्डै आधा अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तका रहेका छन् ।

विपद् व्यवस्थापन प्राधिकरणले बाढीको जोखिम उच्च रहेका क्षेत्रको तयारीबारे समीक्षा गरेको भोलिपल्ट यो अद्यावधिक विवरण सार्वजनिक गरेको हो । अधिकारीहरूले नदी किनारमा बसोबास गर्ने समुदायलाई समयमै पूर्वसूचना उपलब्ध गराई बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे बाढी आउनुअघि नै स्थानान्तरण गर्ने योजनामाथि छलफल गरेका छन् ।

गत साता पाकिस्तानको सांस्कृतिक राजधानी लाहोरसहित विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि धेरै बस्ती जलमग्न भएका थिए । सडकहरू डुबानमा परेपछि सर्वसाधारणले लामो दूरी घुमेर यात्रा गर्नुपरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा मानिसहरू घुँडासम्मको पानी छिचोल्दै आवतजावत गरिरहेको देखिएपछि विपद् व्यवस्थापनमा सरकारको तयारी र प्रतिक्रिया प्रभावकारी नभएको भन्दै आलोचना भएको छ ।

अधिकारीहरूले पछिल्ला महिनाहरूमा सन् २०२२ जस्तै विनाशकारी बाढी पुनः दोहोरिन सक्ने जोखिमलाई नकार्न नसकिने चेतावनी दिँदै आएका छन् । सन् २०२२ को भीषण बाढीले पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबानमा परेको थियो । त्यस विपद्मा एक हजार ७३७ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए । (रासस/एपी) 

वि.सं.२०८३ साउन १२ मंगलवार १५:१६ मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...