back
CTIZAN AD

प्रदेश नं ३ मा यातायात व्यवस्था सेवा कार्यालय प्रारम्भ

वि.सं.२०७५ माघ १० बिहीवार

636 

shares

१० माघ, हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताएका छ ।

प्रदेश कार्यालय स्थापना भएपछिको बुधबार आयोजित कार्यक्रममा उनले भने , “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई अनुरोध गर्दै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गरे । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस कार्यालयले ब्लू बुक नवीकरण सबै प्रकारका सवारी कर, जाँच पास जस्ता कार्य गर्ने प्रदेश ३ का यातायात कार्यालय हेटौँडाका कार्यालय प्रमुख पोषण थापाले बताए । छिट्टै नै यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण पनि गर्ने उनले बताए ।

वि.सं.२०७५ माघ १० बिहीवार ०८:४५ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...