back
CTIZAN AD

तारादेवी फाउण्डेशनका लागि रु १० लाख हस्तान्तरण

वि.सं.२०७५ माघ १० बिहीवार

702 

shares

१० माघ, काठमाडाँ । काठमाडौँ महानगरपलिकाले ‘तारादेवी स्मृति फाउण्डेशन’ अक्षय कोषका लागि रु १० लाख प्रदान गरेको छ । तारादेवी स्मृति फाउण्डेशनले तारादेवीको १३ औँ स्मृतिसभामा बुधबार आयोजना गरेको ‘सम्झनामा तारादेवी’ कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फाउण्डेशनका अध्यक्ष तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीलाई उक्त रकम हस्तान्तरण गरे ।
चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको जानकारी दिँदै कला, संस्कार, साहित्य र सिर्जनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताए । कार्यक्रममा सङ्घीय संसद् सदस्य रामवीर मानन्धरले मोतीका रूपमा रहेका कलाकर्मीको उचित सम्मान हुन नसक्नु दुःखद् हो भने । फाउण्डेशनका अध्यक्ष केसीले देशका सम्पत्ति कलाकारको सम्मान नगरेसम्म संस्कृतिलाई जीवन्त राख्न नसकिने धारणा राखे ।

कार्यक्रममा कलाकार ज्ञानु राणा, मीरा राणा, सङ्गीता शाक्य र गीता पाण्डेले तारादेवीको स्वरमा सजिएका १४ गीत प्रस्तुत गरेका थिए । तारादेवी विसं २००२ माघ २ गते काठमाडौँको इन्द्रचोकमा बाबु कृष्णबहादुर कार्की र आमा राधादेवीका छोरीका रूपमा जन्मिएकी थिइन् । विसं २०२२ मा तारादेवीको शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो । आफ्नो मृत्यु हुनुअघि नै उनले एक छोरा र पति गुमाइसकेकी थिइन । हाल उनका एक छोरा र छोरी छन् । उत्कृष्ट गायन कलाबाट नेपाली गीतसङ्गीतलाई प्रवर्धन गरेकी तारादेवीलाई २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । उनको २०६२ साल माघ १२ गते निधन भएको हो ।

वि.सं.२०७५ माघ १० बिहीवार ०८:४२ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...