१० माघ, हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताएका छ ।
प्रदेश कार्यालय स्थापना भएपछिको बुधबार आयोजित कार्यक्रममा उनले भने , “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई अनुरोध गर्दै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गरे । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस कार्यालयले ब्लू बुक नवीकरण सबै प्रकारका सवारी कर, जाँच पास जस्ता कार्य गर्ने प्रदेश ३ का यातायात कार्यालय हेटौँडाका कार्यालय प्रमुख पोषण थापाले बताए । छिट्टै नै यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण पनि गर्ने उनले बताए ।
वि.सं.२०७५ माघ १० बिहीवार ०८:४५ मा प्रकाशित