back

जिम्न्यास्टिक सङ्घ पुनःगठन

वि.सं.२०७५ माघ १० बिहीवार

198 

shares
NTC AD
Global IME AD


१० माघ, काठमाडौँ  । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल जिम्यास्टिक सङ्घ पुनःगठन गरेको छ । जिम्न्यास्टिक खेलको अस्तित्वमा रहेका दुई कमिटीलाई भङ्ग गर्दै राखेपले बुधबार सङ्घलाई पुनःगठन गरेको हो ।

युवा तथा खेलकूद मन्त्रालयले बनाएको राष्ट्रिय विवाद समस्या साधन तथा सहजीकरण समितिको सिफारिशमा राखेपले अस्तित्वमा रहेका दुवै सङ्घलाई पुनःगठन गर्दै तदर्थ कमिटी गठन गरेको हो । मन्त्रालयले विवाद रहेका खेल सङ्घलाई एक बनाउन राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय समिति दुई महीनाअघि बनाएको थियो ।

राखेपले ध्रुवबहादुर प्रधानको अध्यक्षतामा सङ्घलाई पुनःगठन गरेको हो । राखेपले बनाएको नयाँ कमिटीमा किशोरबहादुर सिंह सहअध्यक्ष, गीता राणा उपाध्यक्ष, बाबुराम थापा उपाध्यक्ष, राजेश खड्का उपाध्यक्ष, मुकुन्द शर्मा महासचिव, मुकुन्द लाल नकर्मी सचिव र वचन देउजा कोषाध्यक्ष छन् ।

यस्तै सदस्यमा जनक भट्टराई, शैलेन्द्र श्रेष्ठ, पुरण गिरी, इन्दिरा दाहाल, सुशीलप्रकाश प्रधान, कुस्मिता आचार्यलगायत छन् । पुनःगठन गरिएको सङ्घले सङ्घको विधान संशोधन गर्दै तीन महीनाभित्र निर्वाचन गर्नुपर्ने जिम्मेवारी पाएको छ ।

पछिल्लो समय जिम्न्यास्टिक खेलका दुई सङ्घ अस्तित्वमा रहेको थियो । एक सङ्घलाई राष्ट्रिय र अर्कोलाई अन्तर्राष्ट्रिय मान्यता रहेको थियो । किशोरबहादुर सिंहको नेतृत्वमा राष्ट्रिय र ध्रुवबहादुर प्रधानको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सङ्घ अस्तित्वमा थिए ।

वि.सं.२०७५ माघ १० बिहीवार ०८:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा...