back
CTIZAN AD

नाबालक वृद्ध हजुरआमाको अभिभावक

वि.सं.२०७५ माघ ११ शुक्रवार

732 

shares

११ माघ, जाजरकोट । आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।

जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन्  । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मङ्सिरमा बुबा रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।

बुबाआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ । घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् । त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीया हजुरआमाको स्याहारसुसार । उनीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचारलगायत हकअधिकारबाट वञ्चित छन् ।

उनीहरूले दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी वहन पनि गर्दै आएका छन् । आमाबुबाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार तथा हेरचाह गर्ने कोही नहुँदा पढाइबाट वञ्चित भएको कमलले बताए । “हजुरआमा आँखा देख्दैनन्, उनलाई बोकेर भित्र बाहिर गर्नुपर्छ”, उनले भने, “हात धुने र खाना खुवाइदिने गर्नुपर्छ, हजुरआमाको हेरचाह र गाईवस्तुको गोठाला गर्दैमा हैरान भएको छु ।”

विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लर्को लागेर विद्यालय गएको देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ । “माध्यमिकस्तरको पढाइ पूरा गर्ने सोच थियो”, कमलले भने, “त्यो पनि पूरा नहुने भयो ।” सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुबाआमाले पाल्दै आएका पाँच गाईको गोठाला लाग्न जाने गरेको उनले बताए ।

भाइ र आफूलाई स्कूल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ । घरमा आँखा नदेख्ने वृद्ध हजुरआमाबाहेक अरू अभिभावक नहँुदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबुबा गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय ध्रुव आचार्यले बताए  । पढाइबाट वञ्चित हुँदा विपन्न परिवारका कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

“सबै साथी पढ्न जान्छन् हामी भने हजुरआमा र गाईगोरु हेर्न अनि घाँस काट्न बाध्य छाँै”, हरिशले आँसु चुहाउँदै भने, “पढ्न मन कसलाई पो हुँदैन र रु तर के गर्नु हाम्रो कोही छैन, कसरी पढ्नु ।” खड्का दाजुभाइलाई अहिले घरमा आँखा नदेख्ने हजुरआमाको स्याहार र घरको काम नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

वि.सं.२०७५ माघ ११ शुक्रवार ११:४२ मा प्रकाशित

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...