back
CTIZAN AD

महाअभियोगको प्रस्ताव भारतको इसारामा – बिजुक्छे

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

768 

shares

Nepal Workers and Peasants Party Chairman Narayan Man Bijukchhe speaks at an interaction in Bhaktapur, on Sunday, February 28, 2016. Photo: Rafat Media Club

 ११ कात्तिक,भक्तपुर ११ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गर्नुभएको छ ।

आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गर्नु भयो ।

महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो – “कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको र त्यसैको उपज महाअभियोग प्रस्ताव आएको हो, एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो ।”

महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै उहाँले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पु¥याउन भारतले एमालेलाई फसाएको उहाँको तर्क थियो ।

उहाँले अख्तियार प्रमुख कार्कीमात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरुसमेत दोषी भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर अदालतका जिल्ला न्यायाधीश लिप्तबहादुर थापा, प्रजिअ तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्नलाई व्यवसायीले गम्भीर भएर चासो दिनुपर्ने औँल्याउनुभयो ।

त्यस अवसरमा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष एवम् कार्यक्रमका सभापति महेन्द्र खायमली, नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बालगायतले दुर्घटना कम गर्न सरकारले कानुनमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १५:१० मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...