back

कार्कीको म्याद तामेलीमा असहयोग आरोप लागेका तीन जनाले सर्वोच्चलाई बुझाए लिखित जवाफ

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

525 

shares
GLOBAL IME AD
NTC AD

११ कात्तिक,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर खत्री, कामपा– १० का सचिव सरिता राई र खरिदार भेषराज अर्यालले आफूहरु निर्दोष भएको लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

उहाँहरुलाई कार्कीको महाअभियोगको प्रस्ताव दर्ता गर्नुअगाडि कार्कीको निजी निवासमा म्याद तामेली नटाँसी फर्केको आरोपमा कारबाही प्रस्ताव गरिएको थियो । अदालतले उनीहरुलाई रु एक हजार जरिवाना र १५ दिन कैद सजायको प्रस्ताव गरेको थियो । यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही गर्नु नपर्ने भए सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १५:१६ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...