back
CTIZAN AD

कार्कीको म्याद तामेलीमा असहयोग आरोप लागेका तीन जनाले सर्वोच्चलाई बुझाए लिखित जवाफ

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

957 

shares

११ कात्तिक,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर खत्री, कामपा– १० का सचिव सरिता राई र खरिदार भेषराज अर्यालले आफूहरु निर्दोष भएको लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

उहाँहरुलाई कार्कीको महाअभियोगको प्रस्ताव दर्ता गर्नुअगाडि कार्कीको निजी निवासमा म्याद तामेली नटाँसी फर्केको आरोपमा कारबाही प्रस्ताव गरिएको थियो । अदालतले उनीहरुलाई रु एक हजार जरिवाना र १५ दिन कैद सजायको प्रस्ताव गरेको थियो । यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही गर्नु नपर्ने भए सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १५:१६ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...