Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

म्याद तामेलीमा असहयोग गरेको आरोपमा आफूहरु निर्दोष भएको लिखित जवाफ



१२ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर खत्री, कामपा– १० का सचिव सरिता राई र खरिदार भेषराज अर्यालले आफूहरु निर्दोष भएको लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

उहाँहरुलाई कार्कीको महाअभियोगको प्रस्ताव दर्ता गर्नुअगाडि कार्कीको निजी निवासमा म्याद तामेली नटाँसी फर्केको आरोपमा कारबाही प्रस्ताव गरिएको थियो । अदालतले उनीहरुलाई रु एक हजार जरिवाना र १५ दिन कैद सजायको प्रस्ताव गरेको थियो ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही गर्नु नपर्ने भए सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ