back
CTIZAN AD

म्याद तामेलीमा असहयोग गरेको आरोपमा आफूहरु निर्दोष भएको लिखित जवाफ

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

903 

shares

१२ कात्तिक, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निजी निवासमा म्याद तामेलीमा असहयोगको आरोप लागेका तीन जनाले आफूहरु निर्दोष भएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

कार्कीको म्याद तामेलीमा असहयोग गरेको भन्दै कारबाहीको प्रस्ताव गरिएका तामेल्दार शम्भुबहादुर खत्री, कामपा– १० का सचिव सरिता राई र खरिदार भेषराज अर्यालले आफूहरु निर्दोष भएको लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

उहाँहरुलाई कार्कीको महाअभियोगको प्रस्ताव दर्ता गर्नुअगाडि कार्कीको निजी निवासमा म्याद तामेली नटाँसी फर्केको आरोपमा कारबाही प्रस्ताव गरिएको थियो । अदालतले उनीहरुलाई रु एक हजार जरिवाना र १५ दिन कैद सजायको प्रस्ताव गरेको थियो ।

यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारबाही गर्नु नपर्ने भए सात दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको थियो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:०४ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...