Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

महाअभियोगको प्रस्ताव भारतको इसारामा – बिजुक्छे



Nepal Workers and Peasants Party Chairman Narayan Man Bijukchhe speaks at an interaction in Bhaktapur, on Sunday, February 28, 2016. Photo: Rafat Media Club

 ११ कात्तिक,भक्तपुर ११ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गर्नुभएको छ ।

आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गर्नु भयो ।

महाअभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो – “कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर संविधान संशोधनमा एमालेलाई सहमतिमा गराउने भारतले चलखेल गरेको र त्यसैको उपज महाअभियोग प्रस्ताव आएको हो, एमालेले प्रस्ताव ल्याएको होइन, त्यस्तो देखिएको मात्र हो ।”

महाअभियोग प्रकरणमा प्रमुख प्रतिपक्ष दल एमाले भारतले चालेको चेसको गोटी बनेको आरोप लगाउँदै उहाँले भारतले चाहेअनुसारको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत पु¥याउन भारतले एमालेलाई फसाएको उहाँको तर्क थियो ।

उहाँले अख्तियार प्रमुख कार्कीमात्र दोषी नभई अख्तियार प्रमुखमा लोकमानलाई ल्याउने मुख्य दलहरुसमेत दोषी भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर अदालतका जिल्ला न्यायाधीश लिप्तबहादुर थापा, प्रजिअ तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्नलाई व्यवसायीले गम्भीर भएर चासो दिनुपर्ने औँल्याउनुभयो ।

त्यस अवसरमा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष एवम् कार्यक्रमका सभापति महेन्द्र खायमली, नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद अवाल, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्बालगायतले दुर्घटना कम गर्न सरकारले कानुनमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब