back
CTIZAN AD

चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग

वि.सं.२०७५ माघ २३ बुधवार

726 

shares

२३ माघ, काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा काम गर्ने चिकित्सकको ज्ञान, क्षमता र वृद्धि विकासका लागि सङ्घमा आउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा पुल दरबन्दी कायम गरी प्रदेश तथा स्थानीय तहको आवश्यकताअनुसार निश्चित समयावधिका लागि काज खटाउने व्यवस्था सुनिश्चित गरेर मात्र समायोजनको प्रक्रिया अगाडि बढाउन सङ्घले सोमबार विज्ञप्तिमार्फत मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सङ्घका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा स्थानीय तथा प्रदेशिक संरचनाअनुसार स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकलाई सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा सरुवा हुन पाउनुपर्ने प्रावधानको व्यवस्था गरी स्थानीय तह तथा प्रादेशिक तहमा चिकित्सकलाई पठाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७५ माघ २३ बुधवार ०९:०० मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...