back
CTIZAN AD

भाषा प्रशिक्षकलाई सहज प्रवेशाज्ञा दिन अमेरिकी राजदूतको आग्रह

वि.सं.२०७५ माघ २३ बुधवार

729 

shares

२३ माघ, काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले सोमबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेका छन् ।

राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कूलमा अङ्ग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाई दिन पनि अनुरोध गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताए । नेपालका विद्यार्थीले फुलब्राइट छात्रवृत्तिमार्फत अमेरिकामा उच्च शिक्षाका अवसर, नेपालका विद्यालयमा अङ्गे्रजी भाषाको प्रवद्र्धनका लागि पिसक्रप्स भोलेन्टियर र भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा प्राप्त अमेरिकी सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरेका थिए ।

वि.सं.२०७५ माघ २३ बुधवार ०९:०६ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...