back
CTIZAN AD

‘खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ’

वि.सं.२०७५ माघ २३ बुधवार

687 

shares

 

२३ माघ, काठमाडौँ । सांसद रामबहादुर विष्ट : विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ?

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल : विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ ।

मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।

उनले भने, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी खाँदा हुन्छ ? सांसद विष्टकै पूरक प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले भने, “खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ।”

काभ्रे, धादिङ, ललितपुरका केही जिल्लामा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको जानकारी दिँदै उनले कुन फलफूलमा कति विषादी छ भन्ने प्रमाणित गर्न प्रयोगशाला विस्तार र थप जनशक्ति परिचालनमा सरकारको प्राथमिकता छ ।

“खाद्यान्न, फलफूल, तरकारीमा विषादीमा निषेध गर्दै जाने नीति सरकारको छ”, उनले भने । मन्त्री खनालले भन्सार नाकाबाट तरकारी, फलफूल तथा खाद्यान्नमा आयात गर्दा प्रयोगशाला परीक्षणका नतिजामा कढाइ तथा विषादीका ती पदार्थ आयात गर्न नदिने बताए ।
खाद्यान्न, फलफूल, तरकारीमा विषादीरहित छ भन्ने पत्याउन सकिन्न रु डा मीनेन्द्र रिजालको पूरक प्रश्नको जवाफमा मन्त्री खनालले भने, “जैविक विषादीको प्रयोग बढ्दो छ, घातक विषादीको प्रयोग न्यून छ । यसैकारण विषादीरहित खाद्यान्न, फलफूल, तरकारी बढ्दो छ ।”

विषादीरहित नेपाल कहिले होला रु सांसद देवेन्द्रराज कँडेलको पूरक प्रश्नमा मन्त्री खनालले “सरकारले ६ नं प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा बनाउने अभियानमा रहेको छ । विस्तारै विषादीरहित नेपाल बनाउने अभियानमा सरकार लागेको छ ।”

सो प्रश्नमा सांसद राजेन्द्रकुमार केसी, राजेन्द्र लिङ्देन पनि मन्त्री खनालसँग पूरकप्रश्न गरेका थिए ।

 

वि.सं.२०७५ माघ २३ बुधवार १७:१४ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...