back
CTIZAN AD

म्याद गुज्रेका औषधिसहित सिअहेब पक्राउ

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1K 

shares

१३ कात्तिक, राजविराज। सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ ।

काठ बरामद
हर्दिया गाविसबाट काठसहित शुक्रबार सात जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इप्रका, भेडियाबाट खटिएको प्रहरी टोलीले हर्दिया गविस–२ बस्ने रामप्रित चौधरीका घरमा लुकाइराखेको ५.८ क्युविक फिट सखुवाको काठसहित उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई शुक्रबार नै इलाका वन कार्यालय, दौलतपुरमा आवश्यक कारबाहीका लागि बुझाइएको जिप्रका, सप्तरीले जनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणको पटाका बरामद गरिएको छ ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०५:३३ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...