Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

म्याद गुज्रेका औषधिसहित सिअहेब पक्राउ



१३ कात्तिक, राजविराज। सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ ।

काठ बरामद
हर्दिया गाविसबाट काठसहित शुक्रबार सात जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इप्रका, भेडियाबाट खटिएको प्रहरी टोलीले हर्दिया गविस–२ बस्ने रामप्रित चौधरीका घरमा लुकाइराखेको ५.८ क्युविक फिट सखुवाको काठसहित उनीहरुलाई पक्राउ गरेको हो ।

अभियुक्तलाई शुक्रबार नै इलाका वन कार्यालय, दौलतपुरमा आवश्यक कारबाहीका लागि बुझाइएको जिप्रका, सप्तरीले जनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँबाट ठूलो परिमाणको पटाका बरामद गरिएको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा