back
CTIZAN AD

हिरो गोल्डकपमा नेपाल उपविजेतामै सीमित

वि.सं.२०७५ फागुन ४ शनिवार

603 

shares

४ फागुन, काठमाडौँ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यान्माका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यान्माले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा विन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् ।

नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

आर्मी विजयी

भूटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । शुक्रबार भएको खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० गोलअन्तरले पराजित ग¥यो ।

जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले दुई, नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक–एक गोल गरे । खेलको पाँचौ मिनेटमा कप्तान भरत खवासले, ३१औँ मिनेटमा नवयुग श्रेष्ठले, ३६औँ मिनेटमा भरत तथा ४५औँ मिनेटमा विमल पाण्डेले गोल गरेका थिए । दोस्रो हाफपछि आर्मीका लागि ७७औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । प्रतियोगितामा आयोजक भूटानका ६, नेपालका दुई र भारतका चार क्लब सहभागी छन् ।

वि.सं.२०७५ फागुन ४ शनिवार ०९:३९ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...