back
CTIZAN AD

कञ्चनपुरका छ सय बढी किसानले बाली बिमा गराए

वि.सं.२०७३ कात्तिक १४ आइतवार

879 

shares

कञ्चनपुर  । जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराएका छन् ।

जलवायु परिवर्तनका असरले भइरहेको नोक्सानी कम गर्न, जङ्गली जनावरले पु¥याउने हानी र अन्य आकस्मिक कारणले हुने नोक्सानीको जोखिम घटाउनका लागि यहाँका किसान बाली बिमा गराउन थालेका हुन ।

कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार चालु आवको हालसम्म केराखेतीमा १२८, उखु खेतीमा ४२६, चैते धान खेतीमा ८४ र माछामा चार जना किसानले बिमा गराएका छन् ।

केरामा रु दुई करोड २९ लाख ९६ हजार, उखुमा रु १८ लाख ३९ हजार २००, चैतै धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख ६० हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार २०० बराबरको बिमा गरिएको कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो । बिमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का बासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका लागि टाढाका क्षेत्रमा पुग्नुपर्ने अवस्था रहेको छ ।

सामान्य उपचार र परिवार नियोजनका साधन उपलब्ध गराउनका लागि नेपाल परिवार नियोजन सङघले सामुदायिक परिवार स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यहाँका बासिन्दाले स्वास्थ्य सेवा पाउन नसकेका हुन ।

“परिवार नियोजनले दक्षस्वास्थ्यकर्मीको व्यवस्था गरिदिए प्राथमिक उपचारका लागि टाढाको स्वास्थ्य केन्द्र पुग्नु पर्ने थिएन” साविक लक्ष्मीपुर गाविसका पूर्व उपाध्यक्ष तिलक भट्टले भन्नुभयो ।

उपचारका लागि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुग्न यहाँबाट झन्डै १० किलोमिटर बढीको यात्रा पैदल नै तय गरी पुग्नुपर्ने अवस्था रहेको पूर्व गाविस उपाध्यक्ष भट्टले बताउनुभयो ।
रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०३:२७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...