back
CTIZAN AD

रक्तदान जिवनदान किन र कसरी बिषयक जनचेतना मुलक कार्यक्रम

वि.सं.२०७५ फागुन ५ आइतवार

1.2K 

shares

५ फागुन, कोलोराडो, अमेरीका । कोलोराडोमा रक्तदान जिवनदान किन र कसरी बिषयक एकदिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको आयोजना तथा केन्द्रिय उपाध्यक्ष रेशम घर्तीको प्रमुख आतिथ्यतामा ब्रुमफिल लाईब्रेरीमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, कवी कवयत्री, गायक, गायिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको कार्यक्रममा उपस्थिती रहेको थियो । उपस्थित कतिपय अतिथीहरुले रक्तदानको महत्व मन्तब्य मार्फत राखेका थिए भने, केहिले कविता मार्फत गरेका थिए ।
कोलोराडो भाईटेलेन्ट मार्केटिङ मेनेजर टेलर रोबटर््सन र रेकूट्मेन्ट रेप्रिजेन्टेटिभ विट्नी नेस्सोनले कोलोराडोमा रगतको माग, रक्त संकलनको स्थिती , यसको संरचना, सहयोगी संस्थाहरु र रक्तदान संम्बन्धि सहभागीहरुको प्रश्नको उत्तर दिएका थिए ।


त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी रेशम घर्ती, ब्लड डोनर्स अफ अमेरीका माउण्टेन रिजन क्षेत्रीय संयोजक भुषणलाल श्रेष्ठ, डा पंकज तिमल्सेना, ब्लड डोनर्स अफ अमेरीका टेक्सास च्याप्टरका संयोजक प्रेम श्रेष्ठ, अन्तराष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष लछुमन राना, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजंग कार्कि, शमिर आचार्य, लगायतका अतिथीहरुले बक्तब्य तथा कविता मार्फत कार्यक्रमको महत्व दर्शाएका थिए ।
हरेक ४ महिनामा मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न सबै संघ संस्था तथा सचेत नागरिकको कर्तब्य हो । एक जनाको रगतबाट ३ जना सम्मको जिवन बचाउन सकिने यस पुण्य कामगर्दा कमजोर महशुस हुने होईन गर्वले छाती फुल्ने र आफु अझ फुर्तिलो भएको महशुस हुने रक्तदान गर्नेहरुको भनाई रहेको थियो । कार्यक्रममा ४ सय पटक सम्म सफलताका साथ रक्तदान गर्ने लोरीडाका ८६ बर्षिया जोन सेफर्डको भिडीयो पर्दशन गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थासंग आबद्ध आजिवन सदस्यहरुलाई प्रमाण पत्र र पिन बितरण गरिएको थियो । त्यसैगरी नेपाल स्थरिय रक्तदान संम्बन्धि जनचेतना मुलक कबिता प्रतियोगीताको जिम्मेवारी सफलताका साथ सम्पन्न गराएका भुषणलाल श्रेष्ठलाई प्रमुख अतिथी घर्तीले टोकन अफ एप्रीसियसन प्रदान गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरीका केन्द्रिय कार्यकारी सदस्य टिका पौडेलले स्वागत मन्तव्य राख्दै अगाडी बढाएका कार्यक्रम डा.संगिता सोत्रीयाले संचालन गरेकी थिईन् ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापती तथा कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले उपस्थित सबैलाई धन्यबाद दिदै सबै संघ संस्थालाई हातेमालो गर्दै अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा तन्दुरी किचेन लाफेटका संचालक एबं रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल र एनआरएन का सल्लाहकार जगन्नाथ गौतमले चिया उपलब्ध गराई सहयोग गरेका थिए । त्यसैगरी ईन्डियन एक्सप्रेस जाईका रेष्टुरेन्टका संचालक तथा नेपाल अमेरिका साहित्य संगित प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महतले समोसा प्रदानगरि सहयोग गरेका थिए ।

वि.सं.२०७५ फागुन ५ आइतवार ११:२४ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...